झापाको पृथ्वीनगरमा भेटियो ११ फीटको अजिङ्गर


जेठ – १९,  झापा,  

 झापाको पृथ्वीनगर–४ स्थित देवनिया खोलामा ११ फिट लामो अजिङ्गर फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेशकुमार पोदारको नेतृत्वमा गएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाएको जनाएको छ ।

यसअघि २०७१ साल कात्तिकमा पनि महेशपुर–१ मा १७ फिट लामो अजिङ्गर फेला परेको र वन कार्यालयमा नै बुझाएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्...