१४ वर्षीय बालक ४५ वर्षीया महिलाको छोराका बाबु


एजेन्सी । सुन्दा पनि अचम्मै लाग्छ “४५ वर्षीया महिलाका छोराका बाबु १४ वर्षीय बालक”? हो यहाँ यस्तै भएको छ, एक १४ वर्षीय बालक ४५ वर्षीया महिलाका छोराका बाबु बनेका छन् । भारतको मध्यप्रदेशस्थित सहडोल जिल्लामा एउटा आश्चर्यमा पार्ने घटना बाहिर आएको छ ।
भारतको चर्चित अनलाइन पत्रिका खबर इंडिया टिभि डटकमका अनुसार भारतको मध्यप्रदेशस्थित सहडोल जिल्लाकि एक ४५ वर्षिय महिलााले १४ वर्षको एक बालकलाई आफनो पेटको बच्चाको बाबु भएको आरोप लगाएकी छिन । महिलाले ती बालकलाई लगातार रुपमा आरोप लगाएपछि ती बालकले घटनाबारे शहडोल जिल्लाका एएसपी समक्ष उजुरी दिएका छन् ।
बालकले महिलालार्इ चिनेको भएपनि उनीसँग कुनै किसिमको शारीरिक सम्बन्ध रहेको कुरालार्इ सरासर गलत भएको जनाएका छन् । आफु माथि गलत आरोप लगाएर ति महिलाले गाउँमा आफ्नो बिजेत गरिदिएको बालकले बताएका छन् । गाउमा बालकको बेइजत भएपछि विवाद गाउँमै मिलाउन खोजिएपनि सम्भव नभएपछि यो कुरो कुरा प्रहरीसम्म पुगेको हो ।





प्रतिक्रिया दिनुहोस्...