दोस्रो सन्तान माग गर्नेको संख्या बढ्यो
फोटो :फाइल तस्बिर
बेइजिङ: चीनमा ४२ हजारभन्दा बढी दम्पतिले दोस्रो सन्तान जन्माउने स्वीकृति माग गर्दै सरकारसमक्ष निवेदन दिएका छन्। विगतका धेरै वर्षदेखि चीनमा 'एक दम्पतीको एक सन्तान' लागू गरिँदै आएको विवादास्पद नीति गत वर्षमात्र परिवर्तन भएको थियो।
गत मे महिनाको अन्त्यसम्म चिनियाँ परिवार नियोजन विभागमा ४२ हजार ७५ वटा निवेदन परेकोमा ३८ हजार सात ९८ वटा निवेदन स्वीकृति भइसकेको समेत उक्त विभागले जनाएको छ।
स्वीकृत निवेदनहरूमध्ये ३१ देखि ३५ वर्षसम्मका महिलाको संख्या ५७ प्रतिशत रहेको बेइजिङस्थित स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ।
गत फेबु्रअरीमा त्यस आयोगले चीन सरकारलाई सुझाव दिएअनुसार बेइजिङको जनसंख्या अनुपात कम हुँदै गएकाले सन् २०१९ सम्म दुई लाख ७० हजार नवजात शिशुको भएमा उपयुक्त हुने बताइएको थियो।
नवजात शिशु यो अनुमानित संख्यामा सामान्य शिशु जन्मदरभन्दा ५४ हजारले वृद्धि हुने छ।सन् २०१९ पछि ठूलो परिवारको संख्या इच्छुक जोडीहरू सबैका दोस्रो सन्तान भइसक्ने छन्।
हाल चीनभर १४ लाख ५० हजार दम्पती दोस्रो सन्तान जन्माउनका लागि कानुनी प्रक्रियाको हैसियत राख्छन्। तीमध्ये १३ प्रतिशतले दोस्रो सन्तान जन्माउने स्वीकृतिका लागि निवेदन दिइसकेका छन्।
सन् २०१३ मा चीनमा एक दम्पती एक सन्तानको नीति परिवर्तन गर्न प्रस्ताव भनिए पनि सन् २०१४ को सुरुवातदेखि मात्र यो परिवर्तित नीति व्यवहारमा ल्याइएको थियो।