‘कामदार ठग्न पाउनु पर्छ’ भन्नेहरुको आन्दोलन तुहिँदै
काठमाण्डु, २९ असार– एक सातादेखि जारी म्यानपावर व्यवसायको आन्दोलन अन्ततः असफल हुने संकेत देखिएको छ । वैदेशिक रोजगारी व्यवसायी संघका पदाधिकारीको नेतृत्व कै असफलताले आन्दोलनको औचित्य घट्दै गएको र यसले सफलता नपाउने देखिएको व्यवसायीकै अनुमान छ । पहिलाको तुलनामा आन्दोलनकारी सेलाउँदै गएको पनि पाइएकोछ । खुलेआम कामदार ठग्न पाउनु पर्छ भन्दा नैनितकतामा आँच आउने डरले घुमाउरो पारामा सरकारले छलफल गरेन भनेर व्यवसायी आरोप लगाइरहेका छन् । – सौर्य दैनिकबाट