प्रधानमन्त्रीलाई ढुंगा हानियो, भिरबाट भागाभाग (भिडियो सहित)


सर्वियाका प्रधानमन्त्री अलेक्जेन्डर भूचिचमाथि बोस्नियामा ढुंगा हानिएको छ । युछको स्मारकमा भाषण गरिरहेका समयमा प्रधानमन्त्रीमाथि बोस्नियालीहरुले ढुंगा हानेका हुन् ।


२० वर्ष अगाडी बोस्नियाको सर्विनिचा शहरमा गरिएको आक्रमणमा मारिएका सैनिकको सम्झनामा स्मारक भ्रमण गर्न पुगेका प्रधानमन्त्रीलाई भिडले ढुंगा प्रहार गरेपछि अवस्था तनाग्रस्त बनेको थियो ।

प्रधानमन्त्रीले भाषणमा प्रयोग गरेको शब्दका कारण बोस्नियालीहरु रिसाएका थिए । उनले बोस्नियाली आक्रमणलाई आम नरसंहार भन्नुको साटो अपराध मात्र बन्न चाहेका थिए ।

भाषण गर्दा गर्दै प्रधानमन्त्री ढुंगा र बोटल बर्साइएको थियो ।


कार्क्रममा अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन समेत सहभागी थिए ।

हेर्नुस् भिडियो
२० वर्ष अघी युरोपमा विश्व युद्ध पछि भएको सबैभन्दा ठूलो युद्धमा ८ हजार बोस्नियाली सर्वहरु मारिएका थिए । आक्रमणमा परेका प्रधानमन्त्रीले भाषणमा प्रयोग भएको शब्दका लागि क्षमायाचना गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्...