अब झन ठूलो भूकम्प जान्छ !


Samip-tripathi2-230x300समीप त्रिपाठी
नेपालमा ८० बर्षपछि आएको महाभूकम्पबाट ठूलो क्षति भयो । हामी धेरैले सोचेका छौँ कि अब लामो समयका लागि भूकम्प हामो माझबाट गयो, अब आउँदैन । अब यस्तो दुःखको सामना गर्नुपर्दैन। जति दुःख खेप्नु खेपियो भन्ने सोचाइ धेरैको हुनसक्छ । प्राकृतिक हिसाबले भूकम्प नआयोस्, सबैले सोचेको कुरा पुगोस्। तर, हामो आफ्नै कारणले चाहिँ अब झन् ठूलो भकम्प आउने सम्भावना छ । नेताहरूले समयमा नै यो भूकम्पको ब्यबस्थापन गर्न नसक्ने हो भने यो समाजमा कल्पना पनि गर्न नसक्ने भूकम्प जाने खतरा छ।
प्राकृतिक हिसाबले भूकम्प नआयोस्, सबैले सोचेको कुरा पुगोस्। तर, हामो आफ्नै कारणले चाहिँ अब झन् ठूलो भकम्प आउने सम्भावना छ । नेताहरूले समयमा नै यो भूकम्पको ब्यबस्थापन गर्न नसक्ने हो भने यो समाजमा कल्पना पनि गर्न नसक्ने भूकम्प जाने खतरा छ।
भूकम्पका कारण धेरै बस्तीहरू सखाप भएको छ । धेरैको अहिले गास, बास, कपास छैन् । त्यसको सही ढङ्गले ब्यबस्थापन हुन्छ कि हुदैन ? यदि बास नहुनेले बास र गास नहुनेले गास पाएनन् भने अबस्था के हुन्छ ? जनता चुप लागेर पक्कै बस्दैनन् । यदि त्यतिखेर जनता जागे भने के हुन्छ ? त्यो जतिको ठूलो भूकम्प अरू केही हुन्छ ? घर नभत्किनेको घरमा त अन्नपात होला, केही भएको छैन् । घर पूर्णरूपले क्षति भएकोमा अन्नपात केही छैन् । यदि सरकारले तिनीहरूलाई ब्यबस्था नगरिदिने हो भने कोहीको घरभरि अन्नपात कोही भोकभोकै बस्छन् यदि हुनेले मानवताको नाताले दिए भने त ठीकै हो । दिएनन् भने त्यहाँको अबस्था के होला एकपटक सोचुन् । घरभित्र मान्छे बस्न सक्ने अबस्था छैन् । मान्छेहरू बाहिर पाल टाँगेर बसेका छन् । शौचालय बाहिर, भान्सा पनि बाहिर अनि बस्ने पनि बाहिर नै भएपछि बस्तीहरूको अबस्था कस्तो भएको होला ? धेरै मान्छेको रगत त्यही सडकमा, त्यही भिरपाखामा अर्थात अहिले बस्ती धेरै फोहोर भएको छ । यसलाई समयमा नै ब्यबस्थापन नगर्ने हो भने विभिन्न रोगले आक्रमण गर्न सक्छ । विभिन्न रोग फैलन सक्छ । सरकार अनि राजनीतिक दलका नेताहरू ले बेलैमा यसबारे सोचुन् ।
यतिखेर एउटा पुरानो घटनाको याद आयो । २०५५ साल असार १० गते ओखलढुंगामा उज्जनकुमार श्रेष्ठको हत्या भयो । त्यसको केही बर्षपछि अर्थात २०५९ मङ्सिर ६ गते उनका दाजु गणेश श्रेष्ठको पनि एउटै समूहले उस्तै गरि हत्या गरे । यी दुबै घटनालाई नजिकबाट नियालेकी गणेशकुमारकी छोरी रचना श्रेष्ठलाई ठूलो मानसिक असर पर्न गयो । त्यस्को केही समय पछि अर्थात २०६३ जेष्ठ २९ गते उनले आत्महत्या गरिन । त्यो बाल मानसिकताले खप्न सकेन् । अहिले झन् कति बालबालिकाले आफ्नै आँखाको अगाडि बाबुआमा गुमाए, त कति ले छोराछ‍री । कतिको काख रित्तियो त कतिको बुढेसकालको साहरा गुम्यो । कतिको भर्खर लगाएको सिन्दर पुछियो । के यिनीहरुलाई मानसिक असर परेको छैन होला त ? अस्तिभर्खर नुवाकोटमा आफ्नो आफन्त गुमाएको पीडाले आत्महत्या गरेको भन्ने पनि सुनियो । भूकम्पबाट हजारौँको ज्यान गएको छ, हजारौँ घाइते छन् । लाखौँ पीडित छन् । यो संख्या भड्कियो भने यो समाजमा त्यो जतिको ठूलो भूकम्प अरू के हुनसक्छ ? यस्ता मानसिक पीडामा रहेकालाई कहाँ र कसरी उपचार गर्छ सरकार ? उपचार भनेको औषधिमुलो मात्रै होइन्, मनोवैज्ञानिक रुपमा सरकारले उनीहरुको पीडालाई सम्बोधन गर्न यतिबेला जरुरी भएको छ । यो सरकारले सोचेको छ कि छैन ? यदि सरकार र राजनीतिक दलका नेताले त्यो बिषयमा ध्यान नदिने हो भने यो हामो समाजले सामना गर्न नसक्ने भूकम्प जानेवाला छ ।
नेपाली जनताले सँधै यिनै नेता र यिनै राजनीतिक दललाई काँध थाप्नुपर्छ भन्ने छैन । जब नेताप्रतिको बिस्वास गुम्छ, आकोश बढ्छ, स्वभाविक रूपले राजनीतिक भूकम्प जान्छ ।
अस्ति प्रचण्डले भन्नुभएछ, अब नेपालमा ठूलो राजनीतिक भूकम्प जान्छ भनेर । यदि माथि उठाइएका यस्ता समस्याहरूको सही ढङ्गले ब्यबस्थापन गर्न सकिएन भने प्रचण्डले भनेको कुरा सही हो। स्वभाबिक रूपले जनतामा नेताहरूप्रति आक्रोश बढ्छ । नेपाली जनताले सँधै यिनै नेता र यिनै राजनीतिक दललाई काँध थाप्नुपर्छ भन्ने छैन । जब नेताप्रतिको बिस्वास गुम्छ, आकोश बढ्छ, स्वभाविक रूपले राजनीतिक भूकम्प जान्छ । नेपालको इतिहास हेर्ने हो भने पनि ठूला-ठूला घटना पछि राजनीतिक परिबर्तन भएको छ । यदि यो भूकम्पलाई सही ढङ्गले ब्यबस्थापन गर्न सकेनन् भने झन ठूलो भुकम्प जान्छ । यो सरकारले बिपत्तिको ब्यबस्थापन गर्न सक्छ कि सक्दैन ? अहिले नेताहरूले एकले अर्कोलाई दोषारोपण गरेर बस्ने भन्दा पनि सबै मिलेर यो बिपत्तिको सामना गर्नुको बिकल्प छैन। चाहे यो बिपत्तिको सामना गर्न कार्यदल बनाएर होस्, चाहे सहमतिय सरकार बनाएर होस् । यो बिपत्तिमा मिल्नुको विकल्प छैन्। नेताहरू एक ठाउँमा मिलेर गाउँ बस्तीमा जाने हो भने यो बिपत्तिको सहि ढङ्गले ब्यबस्थापन हुन्छ । फेरि अर्को भूकम्पको सामना गर्नुपर्ने छैन् । यदि नेताहरू एक अर्कामा गालीगलौज मात्र गर्ने हो भने योजना मात्र बनाएर योजनाको चाङ मात्र लगाएर केही हुनेवाला छैन्hamrosandesh





प्रतिक्रिया दिनुहोस्...