हमालपछि अनमोलमा देखिएको यूवती क्रेज


anmol-ck
नेपाली चलचित्रका चर्चित नायक हुन् राजेश हमाल । राजेश हमालले नेपाली चलचित्र क्षेत्रलाई २ दशकदेखि धानिरहेका छन् । तर, अहिले हमालको चलचित्र हेर्न हलसम्म दर्शकको उल्लेख्य उपस्थिती हुँदैन । तर, नायक राजेश हमाल सार्वजनिक कार्यक्रममा पुग्दा उनको फ्यान क्रेज भने खुबै देखिन्छ ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा भने हमालको यस्तै क्रेज देखियो । बिहे अगाडि हमालमा यूवतीको क्रेज ज्यादा थियो । अहिले यूवती भन्दा बालबालिका, यूवक, वुद्धहरुको क्रेज धेरै देखिन थालेको छ । नायक राजेश हमाल विदेशमा पुग्दा या नेपालका विभिन्न सार्वजनिक कार्यक्रम, महोत्सवमा पुग्दा उनलाई फ्यानले घेर्ने र फोटो खिचाउने गर्छन् । हमालको यो क्रेज विगत २ दशकदेखि नेपालमा देखिएको छ ।
हमालपछि चलचित्रको पर्दामा क्रेज बनाएका कलाकार हुन् नायक निखिल उप्रेती र विराज भट्ट । यी दुई नायकले हलसम्म दर्शक तान्न सफल भए । बाहिरी दुनियाँमा भन्दा पर्दामा दर्शक तान्न यी दुई कलाकार सफल भएको विश्लेषण गरिन्छ ।
यसपछि नायक आर्यन सिग्देलले पर्दा र पर्दा बाहिर दर्शकलाई आफूतर्फ आकषिर्त गर्न सफल भए । तर, आर्यनले आफ्नो स्टारडमलाई लामो समयसम्म बचाउँन नसकेको प्रष्ट छ । आर्यन अहिलेका चल्तीका नायक त हुन्, तर उनले आफ्नो पुरानो स्टारडमलाई अहिले बचाउन नसकेको विश्लेषण चलचित्र बजारमा छ ।
फ्यानलाई आफूतर्फ आकषिर्त गर्ने कुरामा अहिले नायक अनमोल केसी अगाडि छन् । काठमाण्डौको ओम अस्पतालमा आयोजित एक कार्यक्रममा अनमोलको पछाडि यूवतीको खुबै क्रेज देखियो । उनीसँग तस्बिर खिचाउन यूवतीहरुले तछाडमछाड गरे । जसका कारण प्रहरीलाई पनि भिड नियन्त्रण गर्न हम्मे हम्मे नै परेको थियो । सो कार्यक्रममा अन्य कलाकार उपस्थित भएपनि हमाल र अनमोलको पछाडि फ्यानको भिड देखियो ।
यी दुई कलाकारको पछाडि फ्यानहरु लागेपछि कार्यक्रममा नै असर पुग्ने देखेर प्रहरीले भिड हटाउन खोजेको थियो । चलचित्रमा पनि अनमोल दर्शकलाई हलसम्म तान्न सफल छन् । नायक हमालले त विगत २ दशकदेखि यो क्रेजलाई जोगाइराखेका छन् । के अब अनमोल क्रेज जोगाउन सफल रहलान् ?






प्रतिक्रिया दिनुहोस्...