गौरमा गोली चल्यो, स्थिति नियन्त्रण गर्न टियरग्यास प्रहार, नेपालको गाडी तोडफोड


गौरमा जारी तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायर र छ सेल टियरग्यास प्रहार गरेको छ। मस्यौदामाथि छलफल भइरहेकै बेला मधेसी दलहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ। मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन्। उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन्।
Gaur Protest 09
माधव नेपाललाई भने नगरपालिको सभा हलमै प्रहरी घेरामा राखिएको छ। बन्द कोठामा कार्यक्रम गरेको र आफूहरुलाई सहभागी नगराएको भन्दै नेपाल सद्‍भावना पार्टीलगायतका नेताहरु विरोधमा उत्रिएका हुन्। अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ। झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
माधव नेपालमाथि कुर्सी प्रहार
नेकपा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार भएको छ। रौतहट क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहेकै बेला नेपाल सद्‍भावना पार्टीका समर्थकहरुले नेपालमाथि कुर्सी प्रहार गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै नेपाल सद्‍भावना पार्टीका कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका थिए। प्रहरीले नेपाल सद्‍भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी प्रहार गरेका हुन्। नेपाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
सभा हलअगाडि अहिले चर्को नाराबाजी भइरहेको छ।
Gaur Protest 02
कार्यक्रम सुरु भएपछि माधवकुमार नेपाल र मधेसी नेताहरु।
Gaur Protest 01
नेपाल सद्‍भावना पार्टीका सभासद् तथा समर्थकहरु नाराबाजी गर्दै।
Gaur Protest 03
एमाले कार्यकर्ताबाट कुटिएका अनिल झालाई उठाउँदै प्रहरी।
Gaur Protest 04
अनिल झालाई हल प्रवेशमा रोक लगाउँदै प्रहरी।
Gaur Protest 05
अनिल झाकी श्रीमति तथा सभासद् डिम्पल झा नाराबाजी गर्दै।
प्रहरीको लाठी खोस्दै डिम्पल झा।
futeka kursiharu
सभा हलमा फालिएका कुर्सी।






प्रतिक्रिया दिनुहोस्...