अस्ट्रेलियामा कृषि खेतीतिर नेपाली, बजारमा नेपाली तरकारीको माग बढ्दो
अस्ट्रेलिया भन्ने बितिकै धेरैले मल्टिनेशनल कम्पनीको जागिरको सपना देख्छन् । पहिलो विश्वको समृद्ध देशमा त्यस्तो जागिरको सपना देख्नु अस्वभाविक पनि होइन् । तर, त्यहाँ केही नेपालीहरुले कृषि कर्मलाई आफ्नो पेशा बनाएका छन् । अस्ट्रेलियाका विभिन्न राज्यमा कृषि कर्ममा सक्रिय नेपालीले यसलाई आम्दानीको स्रोत मात्र बनाएका छैनन्, नेपाली कृषि उपजलाई पनि अस्ट्रेलियामा चिनाउने काम गरिरहेका छन् ।
सिड्नी(सिड्नीका नेपाली ग्रोसरी पसलहरुमा फर्सीको मुन्टा, नेपाली रायो, चम्सुर, पालुङ्गो र मेथीको सागको पाउन थालेको एक वर्ष भयो । नेपाली नै स्वाद दिने तिते करेला, भिण्डी, खुर्सानी र बकुल्ला समेत यी ग्रोसरी पसलहरुमा पाउन सकिन्छ । आखिर सिड्नीमा नेपाली कृषि उपजहरु कहाँबाट आए ?
रमाइलो कथा छ यसको । १९ वर्षअघि अस्ट्रेलिया छिरेका एक अनुभवी नेपाली कृषकसँग जोडिएको छ, यसको । ती नेपाली हुन्, बद्री दाहाल । नेपालमा लामो समय कृषि क्षेत्रमा काम गरेको अनुभव छ उनीसँग । उनले कृषि परियोजना सेवा केन्द्रमा १० वर्ष काम गरेका थिए भने नेपालको कृषि मन्त्रालयमा पर्माकल्चल सम्बन्धी नीति र कार्यक्रम बनाउन दाहालको ठूलो योगदान रहेको छ ।
अस्ट्रेलियामा कृषि कर्म गर्न चाहेका केही युवाहरु त्यस्तै नेपालीको खोजीमा थिए । तिनै युवाहरुका लागि उत्प्रेरणा बनिदिए बद्री । अनि नमुनाको रुपमा सिड्नीको पश्चिम लिभरपुल नजिक सुरु भयो तरकारी फार्म । त्यही फार्मबाट नेपाली कृषि उपजहरु बजारमा आउन थालेका छन् ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटी क्यानबेरामा अध्ययन गरेका बद्री अहिले ‘गार्डेनिङ र ल्याण्ड स्केपिङ’ ब्यवसायमा संलग्न छन् । उनले आफ्नो ‘गार्डेनिङ् टु योर सेटेस्फेक्सन’ कम्पनी सञ्चालन गरिरहेका छन् । ‘तरकारी फार्म एक प्रयोग हो,’ उनी भन्छन्, “नमुनाको रुपमा अहिले मौसम अनुसारका केही तरकारीको खेती सुरु गरेका छौं । बजारको रेस्पोन्सको आधारमा यसलाई बढाउँदै लैजान्छौं ।’
करिब एक वर्षको अवधिमा सिड्नीका केही नेपालीका जिब्रोमा यी उत्पादनले स्वाद जमाई सकेका छन् । सिड्नीको दक्षिण कोग्रामा रहेको सलाम नमस्ते ग्रोसरीकी सञ्चालक रश्मी बुढाथोकीका अनुसार पसलमा नेपाली रायो, चम्सुर, पालुङ्गोको साग र फर्सी, सिमी किन्न ग्राहकहरुले अग्रीम नाम लेखाउन थालेका छन् ।
![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_tjR4iHYO9DJ6zjnrUOHloh8wob0hdJVEwkhl5dOIhnMKdrrViTlvxnqlg8WwSub0pjImgOhCA0ejRivPwvPj34HwCyMGSZ3UWVXC2fyPWfznpWRHEnFKDEe6zoy3dYioZlFdnX=s0-d)
कुनै रसायन प्रयोग नभएका यी उत्पादनलाई तीन वर्षपछि अर्गानिक प्रमाणिकरण गर्ने योजना रहेको छ । पाँच एकड क्षेत्रमा फैलिएको यो तरकारी फार्ममा अहिले २ जनाले फुलटाइम रोजगारी पाएका छन् । भविष्यमा तरकारी जस्तै नेपाली स्वादका फलफूललाई पनि उत्पादन गर्ने योजना रहेको दाहाल बताउँछन् ।
कुनै रसायन प्रयोग नभएका यी उत्पादनलाई तीन वर्षपछि अर्गानिक प्रमाणिकरण गर्ने योजना रहेको छ । पाँच एकड क्षेत्रमा फैलिएको यो तरकारी फार्ममा अहिले २ जनाले फुलटाइम रोजगारी पाएका छन् । भविष्यमा तरकारी जस्तै नेपाली स्वादका फलफूललाई पनि उत्पादन गर्ने योजना रहेको दाहाल बताउँछन् ।
अस्ट्रेलियामा ठूला-ठूला बहुराष्ट्रिय कम्पनीले विलियन डलर लगानी गरेर कृषि फार्महरु सञ्चालन गरिरहेको अवसस्थामा यस्ता तरकारी फार्महरुले ती उत्पादनसँग प्रतिस्पर्धा गर्न पक्कै सक्दैनन् । तर, दाहालले सानो बजार र समुदायलाई लक्षित गरेर यो फार्मको बजारीकरण गर्ने योजना बनाएका छन् ।
कृषि फार्मका नेपाली अगुवा युवराज केसी
अस्ट्रेलियामा करिब चरा दशक लामो इतिहास रहेका नेपालीहरु विस्तारै ब्यापार ब्यवसायमा हात हाल्दैंछन् । अस्ट्रेलियामा नेपालीहरुको ब्यवसाय पनि विविधिकरण भएको देखिदैंन । रेष्टुरेन्ट, शैक्षिक परामर्श, रेमिट्यान्स, ग्रोसरी पसलमा धेरै नेपालीहरुको लगानी केन्द्रीत छ ।
![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_tHM2uiikxShz4mDVXUysu4Zx1MM9_ID7jiO40DAcDaoUNEn5xj_SxTPAd2pmizCC56FmbDM0lryRd19GOrdxzR4E0OuCIpEVIZbGvEJGmwwZXGUAxuOKgWZCh9ICYof8rgkJtpH9HecY4=s0-d)
पेशाका हिसाबले नेपालीहरु इन्जिनियरिङ, चिकित्सा, नर्सिङ, प्राध्यापन, पर्यटन, शिक्षा, हस्पिटालिटी, हाउजिङ, शैक्षिक परामर्शलगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहँदैं आएको पाइन्छ । हाल आएर कृषि ब्यवसायलाई पनि नेपालीहरुले आफ्नो पेशाको रुपमा अंगाल्न सुरु गरेका छन् ।
पेशाका हिसाबले नेपालीहरु इन्जिनियरिङ, चिकित्सा, नर्सिङ, प्राध्यापन, पर्यटन, शिक्षा, हस्पिटालिटी, हाउजिङ, शैक्षिक परामर्शलगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहँदैं आएको पाइन्छ । हाल आएर कृषि ब्यवसायलाई पनि नेपालीहरुले आफ्नो पेशाको रुपमा अंगाल्न सुरु गरेका छन् ।
यसको अग्रपंक्तिमा आफूलाई उभाउन सफल भएका छन्, क्वीन्सल्याण्डका युवराज के.सी. । ७ वर्ष अघि विद्यार्थीको रुपमा नेपालको मकवानपुर पालुङबाट क्वीन्सल्याण्डको तोअम्बा आएका केसीले करिब २ वर्ष ग्रीन सलादका विभिन्न प्रजातिहरुको उत्पादनका लागि प्रसिद्ध टुआम्वाको एक फार्ममा काम गरे । त्यही अनुभवले उनलाई आफ्नै फार्म खेल्न प्रेरित गर्यो ।
विगत ३ वर्षदेखि केसीले युवी फार्म सञ्चालन गरिरहेका छन् । यो फार्ममा सुरुवातमा विभिन्न ७ वटा रंगमा फल्ने टमाटरको ब्यवसायिक खेती सुरु गरिएको थियो । अहिले १५ वटा रङका १२ प्रकारका गोलभेडा उनको फार्ममा उत्पादन हुन्छ । यो टमाटरको बजार मूल्य २० डलर प्रतिकिलो रहेको सञ्चालक के.सी. ले जानकारी दिए ।
उनका अनुसार विरुवा रोपेको ६ हप्तामा टमाटर बजारमा जान योग्य भई सक्नेछन् । रेयर र हेरिटेज भेराइटीका गोलभेडा उत्पादन गर्ने क्वीन्सल्याण्ड राज्यमा केसी एक्ला हुन् । उनको उत्पादन बि्रसवेन, पर्यटकीय सहर गोल्ड कोष्ट र तोअम्बामा खपत हुन्छ । साथै आठओटा साप्ताहिक बजारमा उनी नियमित रुपमा स्टल राखेर उत्पादन बेच्छन् । हप्तामा कम्तिमा तीन हजार किलो गोलभेडाको उत्पादन गरेका छन् । यसका लागि केसीले ७ एकड र ५ एकडका २ वटा फार्म सञ्चालन गरेका छन् ।
नियमति रुपमा केसीको फार्ममा ६ जनाले रोजगारी पाएका छन् । केसी भन्छन्, ‘उत्पादनलाई विविधिकार गर्दै १२ महिना उत्पादन हुने गरी ग्रीनहाउस र इरिगेसन पूर्वाधार थप्नेछु ।’ केसीले अहिले फार्ममा मौसम अनुसारका काक्रो, भण्टा, सागहरु पनि उत्पादन गरिरहेका छन् । फार्ममा बिरुवामा सिचाई गर्ने, टमाटरको साइज गे्रडिङ गर्ने लगायतका कामका लागि उच्चस्तरीय प्रविधि अपनाइएको छ ।
फार्मले दिएको रोजगारी
अस्ट्रेलियाको खाद्य भण्डार भनेर चिनिने क्वीन्सल्याण्ड, भिक्टोरिया अनि दक्षिण तथा पश्चिम अस्ट्रेलियाका फार्महरुमा तरकारी र फलफूल हाभेस्टिङ गर्ने कममा पनि नेपालीको रोजगारी बनेको छ । अक्टोबरदेखि जनवरीसम्मको महिना अन्नबाली हार्वेट गर्ने मुख्य मौसम हो । नोभेम्वरदेखि फेब्रुअरीसम्म यहाँका शैक्षिक संस्था बन्द हुने वा यो समयमा पढ्न नाजाने हुनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरु र पर्यटकका रुपमा अस्ट्रेलिया आएका ब्याग प्याकरहरु यो मौसममा फार्ममा गएर काम गर्ने गर्छन् ।
पोखराका लक्ष्मी अधिकारी ६ वर्षअघि विद्यार्थीको रुपमा अस्ट्रेलिया आएका थिए । उनले स्थानीय विश्वविद्यालयबाट अकाउन्टिङमा मास्टर तहसम्मको अध्ययन सकेका छन् भने स्थानीय स्कीन क्यान्सरको औषधी उत्पादन गर्ने हर्वल फार्ममा म्यनेजर पदमा कार्यरत छन् ।
पोखराका लक्ष्मी अधिकारी ६ वर्षअघि विद्यार्थीको रुपमा अस्ट्रेलिया आएका थिए । उनले स्थानीय विश्वविद्यालयबाट अकाउन्टिङमा मास्टर तहसम्मको अध्ययन सकेका छन् भने स्थानीय स्कीन क्यान्सरको औषधी उत्पादन गर्ने हर्वल फार्ममा म्यनेजर पदमा कार्यरत छन् ।
अधिकारीले कन्ट्राक्टरको रुपमा करिब ३० जनालाई फार्मका श्रमिकको रुपमा रोजगारी पनि दिएका छन् । लसुन, प्याज, विटरुट, स्प्रीङ अनियन, जुकिनी गाजरजस्ता मौसम अनुसारको तरकारी उत्पादन गर्नु र बजारमा लैजान योग्य बनाउनु अधिकारीको टिमको काम हो । श्रीमती र दुई जना बच्चाहरुसँग फार्ममा ७ वर्ष विताएका अधिकारी अब आफ्नै लागानीमा तरकारी फार्म सञ्चालन गर्ने योजनामा छन् ।
अस्ट्रेलियाको फार्ममा काम गर्न चाहने धेरै नेपालीहरुले पहिलो सम्पर्क गर्ने व्यक्ति हुन्, बासु दाहाल । ढेड दशक फार्ममा बिताई सकेका दाहालले नेपालीहरुलाई फार्ममा काम लगाउन सघाउने गर्छन् । अहिले उनी पनि ठेकेदार भएकाले सिजनमा दुई तीन सय नेपाली उनीसँगै काम गर्छन् । दाहालको भनाइमा सीप नभएका र अंग्रेजी भाषाको राम्रो ज्ञान नभएका नेपालीहरुको रोजाइमा फार्मको काम पर्छ । साथै भिसा सकिएका, गैर कानुनी रुपमा बसेका र विद्यार्थीका आश्रति फार्ममा काम गर्ने भित्र पर्दछन् ।
स्रोह वर्ष अघि विजनेश भिजिटको लागि अस्ट्रेलिया आएका दाहालले यतै बस्ने निधो गरे । सिड्नी मेलवर्न हुँदैं उनी अहिले क्वीन्सल्याण्डको मुण्डुवेयरमा स-परिवार बसिरहेका छन् । फार्ममा काम गर्दा बिरामी परेका नेपालीलाई अस्पताल लैजाने, रोजगारदाताबाट क्षतिपूर्ति मिलाइदिने, बस्नका लागि डेरा खोज्नेदेखि काममा पुग्न सवारी साधनको व्यवस्था गर्ने समेत उनी गर्दै आएका छन् । दाहालको अनुभवमा फार्ममा काम गर्नेलाई ठेकेदारबाट शोषण पनि छ ।
गैर कानुनी रुपमा बसेका श्रमिकहरु यस्तो शोषणमा पर्ने गरेका छन् । साथै, अध्यागमनबाट गरिने छड्के जाँचमा परिएला भन्ने तनाव पनि उनीहरुलाई छ । दाहाल नयाँ कामदारलाई काम सुरु गर्नुअघि आधारभूत तालिम दिन्छन्, स्वास्थ्य सुरक्षा र खानपिनका बारेमा जानकारी गराउँछन् ।
अस्ट्रेलियाको अर्थतन्त्रमा फार्म
अस्ट्रेलियाको अर्थतन्त्रको मुख्य आधार यहाँका खानीहरु हुन् । त्यसपछि उद्योगधन्दा पर्दछन् । मुरे र डार्लिङ नदीको जलाधार क्षेत्रमा रहेको खेतीयोग्य जमिन अस्ट्रेलियाको मुख्य खाद्य भण्डार हुन् ।
अस्ट्रेलियाको अर्थतन्त्रको मुख्य आधार यहाँका खानीहरु हुन् । त्यसपछि उद्योगधन्दा पर्दछन् । मुरे र डार्लिङ नदीको जलाधार क्षेत्रमा रहेको खेतीयोग्य जमिन अस्ट्रेलियाको मुख्य खाद्य भण्डार हुन् ।
यी क्षेत्रमा गाईको मासु, भेडा तथा उन्नत अन्नवाली, फलफूल तथा तरकारी र कपास खेती हुन्छ । यहाँको कृषि विभागका अनुसार कुल ग्राहस्थ उत्पादनको करिब ३ प्रतिशत मात्र कृषि क्षेत्रको योगदान रहेको छ ।
![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_tbScEGW9YLzdSZhZy4YcxkTV2pE0hId4crzreJrrI47n05-Af8hbooBRoC4_2eI6878x7oIpXyE7VEygAXMuPwae1y9NEnbxWS9AWxvg0rK7NWmZi-hJ052KQW0kf3uWrOUSId=s0-d)
दिगो कृषि प्रणालीमा खेती गरिने भएका पनि सुख्खाका कारण सिंचाई मुख्य समस्या हो । कुल राष्ट्रिय जनशक्तिको ५ प्रतिशतले मात्रै कृषि क्षेत्रमा रोजगारी पाएका छन् । यहाँको अस्ट्रेलियन अतिरिक्त चाइनिज र यूरोपियन बहुराष्ट्रिय कम्पनीहरु आकषिर्त हुँदैछन् । खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेको अस्ट्रेलियामा चीन, पेरु, फिजी र यूरोपबाट खाद्यान्न आयात हुन्छ ।
दिगो कृषि प्रणालीमा खेती गरिने भएका पनि सुख्खाका कारण सिंचाई मुख्य समस्या हो । कुल राष्ट्रिय जनशक्तिको ५ प्रतिशतले मात्रै कृषि क्षेत्रमा रोजगारी पाएका छन् । यहाँको अस्ट्रेलियन अतिरिक्त चाइनिज र यूरोपियन बहुराष्ट्रिय कम्पनीहरु आकषिर्त हुँदैछन् । खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेको अस्ट्रेलियामा चीन, पेरु, फिजी र यूरोपबाट खाद्यान्न आयात हुन्छ ।