फ्रि भिसा फ्रि टिकटको विषयमा सरकार र व्यवसायी आआफ्नै अडानमा, विदेश जाने नेपाली कामदारको संख्या न्यून बन्दै
सरकारले केही खाडी मुलुकहरुको लागि ब्यवस्था गरेको फ्रि भिसा फ्रि टिकटको बिषयमा म्यानपावर ब्यबसायी र सरकार बीच सहमत हुन सकेको छैन । सरकारले केही खाडी मुलुकहरुमा फ्रि भिसा फ्रि टिकटको ब्यबस्था लागू गर्ने अडान लिए पछि म्यानपावर ब्यबसायी र सरकारबीच वार्ता पनि निष्कर्षमा पुग्न सकेन । श्रम मन्त्रालय र म्यानपावर कम्पनीहरु बीचको बिवादको कारण नेपाली कामदारहरु अन्यौलमा परेका छन । अहिले बिदेश जाने नेपाली कामदारको सख्या न्यून भएको छ । फ्रि भिसा फ्रि टिकटको बिषयमा सरकार र ब्यबसायीको बिवादको कारण अहिले पनि नेपाली कामदारहरु अप्ठ्यारोमा परेका छन । सरकारले फ्रि भिसा फ्रि टिकटको ब्यवस्था कुनै पनि अवस्थामा फिर्ता नगर्ने अडान लिए पछि ब्यबसायीहरु सरकारसग वार्तामा जुटेका छन । तर शुक्रवार श्रम मन्त्रालयमा भएको ब्यबसायी र सरकार बीचको वार्ता निश्कर्षमा पुग्न सकेन । श्रम मन्त्रालयले सरकारले फ्रि भिसा र फ्रि टिकटको निर्णय फिर्ता नलिने र ब्यबसायीहरुले भने तत्काल यो ब्यबस्था लागू गर्न नहुने अडान लिए पनि शुक्रवारको वार्तामा सरकार र ब्यबसायीहरु बीच सहमति हुन सकेन । सरकारले मलेसिया लगायत ६ वटा खाडी मुलुकहरु कतार, साउदी, युएई, बहराइन, कुवेत,ओमान लगायतका देशहरुमा जाने नेपाली कामदारलाई फ्रि भिसा फ्रि टिकटको ब्यबस्था गरे पछि सरकार र ब्यबसायी बीच बिवाद शुरु भएको हो । सरकार र ब्यवसायी बीचको बिवाद चर्किर्दै गए पनि सरकार र ब्यबसायी बीच वार्ता भएको हो ।
श्रम राज्य मन्त्री टेक बहादुर गुरुङको पहलमा भएको वार्तामा सरकार र ब्यबसायी बीच सहमति जुट्न सकेको छैन । खाडी मुलुकहरुले नेपाल सरकारलाई नेपाली कामदारलाई फ्रि भिसा र प्रिंm टिकटमा र्नै पठाउन पत्राचार गरे पछि श्रम राज्य मन्त्रालयले निर्णय फिर्ता गर्न नसक्ने बताउदै आएको छ । ब्यबसायी र सरकार बीचको वार्ता अझै निश्कर्षमा पुग्न नसकेको ब्यबसायीहरुको भनाई छ । नेपालबाट खाडी लगायतका बिभिन्न देशहरुमा १६ सय नेपाली कामदार जादै आएकोमा पछिल्लो समय फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउन म्यान पावर कम्पनीहरुले असहयोग गरेको कारण अहिले बिदेश जाने नेपाली कामदार सख्या दैनिक सय भन्दा पनि कम भएको छ । बिश्व श्रम बजारमा नेपाली कामदारलाईं दिएको सुविधाको बिषयमा म्यान पावर कम्पनीहरुले असहयोग गरेको श्रम राज्य मन्त्री गुरुङको भनाई छ । तर म्यान पावर ब्यबसायीहरुले भने सरकारले एकतर्फी ढङबाट फ्रि भिसा फ्रि टिकट लागू गर्न खोजेकोले बार्तामा सहमति नभएको बैदेशिक रोजगार ब्यबसायी सघका महासचिव सरोज पोखरेलले बताए ।
अन्तराष्ट्रिय श्रम बजारमा नेपाली कामदारलाई दिएको प्रि भिसा प्रि टिकटमा म्यान पावर ब्यबसायी र सरकार बीचको लुछाँचुडी र श्रर्मिकको पैसामा भएको चलखेलको कारण नेपाली श्र्रिर्मक मर्कामा परेका छन भने अन्तर्राष्ट्रिय बजारमा नेपालको बदनाम भएको छ ।