धुमधामसँगग भयो सुगा-मैनाको बिहे, बेहुलो सुगा घोडामा सवार


Parrot
केही महिना पहिले भारतमा बाँदर र बाँदर्नीबीच धुमधामसँग बिहे भएको समाचार आएको थिए । जनावरको बिहे गरिदिने, अझ त्यो पनि धुमधामसँग । यो मामिलामा सायद हाम्रो छिमेकी देश दुनियामै अग्रस्थानमा रहेछ क्यारे । फेरि अहिले सुगा र मैनाबीच बिहे गराइदिएर अर्को किर्तिमान राखेको छ ।
भारतको नयाँदिल्लीमा एक जोडी सुगा  मैनाबीच धार्मिक रितिरिवाज अनुसार धुमधामसँग बिहे भयो, हालै ।
दिल्लीको उत्तरपूर्वी जिल्लाको ब्रम्हपूरी इलाकामा भएको हो । यसमा सुगा बेहुलो र मैना बेहुली बन्यो ।
Parrot1
चार वर्ष पहिले ब्रम्हपूरीका बासिन्दा हाजी नजाकत अलीले आफ्नो घरमा मैनाचरी ल्याएका थिए र सो चरालाई आफ्नै परिवारको सदस्य झैँ माया गरेर पाल्दै आएको छ । बेहुलो बनेको सुगा भने अलीको साला अमर अब्बासको घरमा पालिँदै आएको थियो । आखिर साला भेना मिलेर सुगा र मैनाको जोडी बाँधिदिए ।
विवाहको दिन बेहुला सुगाका मालिक कमर अब्बास ब्याण्ड बाजासहित आफ्नो बेहुलो सुगालाई जन्ती सहित लिएर बेहुली मैनाका मालिक अर्थात् आफ्ना भिनाजु नजाकत अलिको घर पुगे । रमाइलो त के भने बेहुलो भै टोपलेको सुगा घोडामा चढेको थियो, ठाँटबाँट सहित । आफै घोडामा त के चढ्थ्यो, घोडामा चढेको एक बालकको हातमा पिँजडाभित्र बसिरहेको थियो ।
बेहुलो सुगा सहितका जन्ती सडकमा हिँडिरहँदा हेर्ने रमितेहरुको ठूलै मेला लाग्यो । बेहुली मैनाका मालिक नजाकत अलीको घरमा सुगा र मैनाको अनौठो बिहे हेर्न झनै ठूलो लाम थियो । एजेन्सी






प्रतिक्रिया दिनुहोस्...