नेपाल टेलिकमको सिडिएमएमा २० रुपैयाँमा १ महिना कल
१७ साउन, काठमाडौं ।
के तपाइँलाई थाहा छ ? नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसरमा गत माघदेखि दिन शुरु गरेको सिडिएमए प्रि पेड नाइट प्याकेजलाई निरन्तरता दिएको छ ।
सिडिएमए नाइट प्याकेजमा सिडिएमए प्रिपेडबाट नेपाल टेलिकमको नेटवर्क भित्र कल गर्दा जम्मा १ महिना सम्म २० रुपैयाँमा लिइने गरेको छ ।


