सीमाना कटाइएका १५ चेलीलाई घर फर्काइयो


फोटो :फाइल फोटो
इलामः गतिलो कमाइ हुने प्रलोभनमा पारेर भारत लाँदै गरेका १५ नेपाली चेलीलाई इलामको पशुपतिनगर नाकाबाट फर्काइएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र माइती नेपालको सकृयतामा कामको प्रलोभनमा नाका कटाइएका १५ नेपाली चेलीलाई नेपाल फर्काइएको छ ।

कपडा उत्पादन र मार्केटिङ गर्ने भारतको पिसिटी कम्पनीमा काम लगाइदिने भन्दै पशुपतिनगर नाकाबाट सीमाना कटाइएका उनीहरुलाई फर्काएर परिवारको जिम्मा लगाइएको माइती नेपाल पशुपतिनगर आवधिक गृहका प्रमुख होम ढकालले जानकारी दिए ।

आइतबार दिउँसो १ बजे देखि ६ बजेसम्म फरक फरक समुहमा भारत पसेका उनीहरु दार्जीलिङको छोटा बतासेमा ‘सेल्स’ को काम पाउने आशमा हिँडेका थिए । नेपालमा अवसर नपाएपछि कामको खोजीमा भारत गएको उनीहरुले बताएका थिए ।

सो समुहमा मोरङका आठ, झापाका सात र इलामर पाँचथरका एक एक जना रहेको ढकालले बताए । देहरादुनमा मुख्य कार्यालय रहेको सो कम्पनीको सामान बेचेको नाफाबाट निश्चित कमिशन पाइने लोभमा भारत हिँडेका दुई पुरुषलाई पनि फर्काइएको छ ।

भारत जानेमा १७ देखि ३५ वर्ष समुहका छन् । कतिपय श्रीमान विदेश गएका पनि कामको खोजीमा हिँडेको ढकालले बताए ।

झापाका माधव गौतम र मोरङका चन्द्रकला नेम्वाङले स्थानीय एजेन्ट बनी युवतीहरुलाई भारत लाने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।






प्रतिक्रिया दिनुहोस्...