विमानस्थल भन्सारमा कर्मचारी शून्य, ३० जनालाई स्पष्टीकरण
काठमाडौं, १३ भदौ - भन्सारका कर्मचारी नै नभएका कारण टर्किस एयरको विमानबाट शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए।
सुरक्षा सम्बद्ध स्रोतका अनुसार इस्तानबुलबाट आएको टिके ७२६ उडानबाट एक सय ४४ जना उत्रिएका थिए। विमान बिहान ६ः२० बजे विमानस्थलमा अवतरण गरेको थियो। यात्रुहरु अध्यागमनको क्लियरेन्स लिएर भन्सार क्षेत्रमा पुग्दा त्यहाँ कर्मचारी थिएनन्। वाकथ्रु एक्सरे मेसिन पनि चलेका थिएनन्। सबैयात्रु भन्सार जाँचपास नगराई विमानस्थलबाट निस्केका थिए, सुरक्षा अधिकारीले भने, अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा साढे सात बजेसम्म एकजना पनि कर्मचारी नभएको अन्नपूर्ण पोस्टमा खबर छ।
सुरक्षा निकायले कर्मचारी नभएको जानकारी दिएपछि ८ बजे विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल हस्याङफस्याङ गर्दै पुगेका थिए। वाकथ्रु एक्सरेमार्फत राजस्वको मात्र होइन, सुरक्षको दृष्टिकोणले पनि जाँच गर्ने काम विमानस्थलको हुन्छ।