गुगल ब्वाइ मृत्यु भएको भन्दै अनावश्यक समाचार प्रकाशीत हल्ला फैलाउने विरुद्ध प्रहरीमा उजुरी दिने तयारी

आदित्य प्रतिष्ठानले अमेरिकामा उपचाररत आदित्यका बारेमा अनावश्यक समाचार छाप्ने अनलाई पत्रिकाहरुका विरुद्ध प्रहरीमा उजुरी दिन लागेको हो ।
केही अनलाइन र सामाजिक सञ्जालहरुमा उनको मृत्यु भएको भन्दै अनावश्यक समाचार प्रकाशीत भएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंले अफवाह फैलाउने अनलाइन र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई कारबाहिकालागि प्रहरमिा जाने तयारी भएको र सोमबारसम्ममा उजुरी गरीने बताए ।
उनले आदित्यको उपचार भैरहेको र उनको अवस्था सुधारोन्मुख भएको बताए । - दैनिक नेपाल