पैसाका विटासँग खेल्ने घैंटे किन थोत्रो घरमा बस्थे ?


काठमाडौं,भदौ ४– कुमार घैंटे प्रायः घरमा चिया पिउँदैनथिए । विहान उठ्ना साथ आफ्ना केटाहरु र नेपाली कांग्रेसका नेता भेट्न ईन्फर्मल ड्रेसमै सामाखुसी चोकतिर निस्कने उनको ‘रुटिन’ थियो । सामाखुसीमै ठेक्कापट्टाको अफिस थियो । प्रायः अफिसमै बसेर चिया पिउँदै उनले आफ्ना सहयोगी भेट्थे ।
अर्जुननरसिंह केसी, जगदिश्वर नरसिंह केसी र धनराज गुरुङ जस्ता काग्रेस नेताहरु उनका लागि ‘खास दाई’ थिए । त्यसैले कुमार ति नेतासँग अलि बढी सम्पर्कमा रहन्थे ।
यसैकारण कुमार इन्काउन्टर प्रकरणमा जगदिश्वर नरसिंह केसी खुलेर प्रहरीको विरोधमा उत्रे
गृहमन्त्रीको मिलेमतोमा घैंटेलाई मारियो, यो इन्काउन्टर होइन, हत्या हो : जगदिश्वर नरसिंह केसी (अन्तरवार्ता)
सँधैजसो बिहीवार पनि घैंटे बिहानै निस्केर ठेक्का–पट्टाको अफिसतिर लागेका थिए । आफ्ना सहयोगीसँगको भेटघाटसँगै उनले अफिसको काम सिध्याएपछि ‘खाना खाएर आउँछु’ भन्दै निस्केका थिए । तर, आफ्नो अफिसबाट निस्केका उनी फेरि फर्कन भने पाएनन्, उनी अफिसबाट निस्केको केही छिनमै प्रहरी इन्काउन्टरमा मारिए ।
ठमेलको पिपलबोटबाट ओरालो झरेर केही मिनेट अगाडि बढेपछि कपुरधारा चोक आउछ । चोकबाट दायाँतिरको पिचबाटो नछोडी केही घर पर अर्को चोक छ । त्यहि चोकबाट छुट्टिन्छ भारतिय दुतावास र कुमार घैटेको घर छिर्ने बाटो । भित्री चोकको रातो घरबाट देब्रेतिर केही मिनेट हिँडेपछी घैंटेको घरमै पुगिन्छ ।
बाटो खोज्दै शुक्रवार विहान रातोपाटी टिम घैंटेको घर पुग्दा त्यहाँ स्थानीयहरु ठाउँ–ठाउँमा जम्मा भएर घैंटे इन्काउन्टरबारे वहस गर्दे थिए ।
कहाँ छ लगानी ?
करोडौ रुपैयाँ टेवलमा राखेर घैंटेले फेसवुकमा फोटो पनि राखेका थिए । तर, उनको घर भने सामन्य नै देखियो । प्रहरीका अनुसार अशुली देखि गुण्डागर्दी, ठेक्कापट्टादेखि राजनीतिसम्मको कारोवारमा घैंटेको कमाई राम्रै थियो । तर, पनि उनले महल बनाएका थिएनन्, सामन्य घरमै बस्थे । तर, कतिपय स्थायनीय चासो राखेका थिए, ‘घंैटेले पैसा कहाँ लगानी गरेको छ ?’


सामाखुसीलाई आधार बनाएर ०५५ देखि गुन्डागर्दी गर्दै आएका घैँटे राजधानीका पुराना डनमध्ये एक थिए । १८ वर्षदेखि सामाखुसीका टोले गुन्डा गरेका उनले पटक–पटक ‘ग्याङफाइट’ खेलेका थिए ।
डान्सबार सञ्चालन र हप्ता असुलीबाट गुन्डागर्दीमा लागेका उनले पछिल्लो समय नेताहरूसँग मिलेर ठेक्कापट्टाबाट पैसा कमाउँदै आएका थिए । क वर्गको निर्माण कम्पनी गजुरमुखी कन्ट्रक्सनका उनी मालिक हुन् । जसले दर्जनौँ ठूला सरकारी ठेक्का लिएको छ ।
आफ्नो विरोधीलाई पेस्तोल देखाएर उनले धम्क्याउथे र काम लिने गरेका थिए । कांग्रेसकै नेताहरूसँग राम्रो सम्बन्ध भएकाले त्यही आडमा उनको जबर्जस्ती असुली र ठेक्कापट्टाको व्यापार मौलाउँदै गएको थियो ।
करिब एक वर्षअघि टेबुलमा करिब एक करोड रुपैयाँ राखेर आफ्नो फोटो खिची फेसबुकमा राखेका थिए । उनीमाथि सम्पत्ति शुद्धीकरणअन्तर्गत अनुसन्धान समेत हुन सकेको थिएन । सामाखुसी क्षेत्रका हरेक व्यवसायीबाट पैसा असुल्ने गरेको उनीमाथि आरोप लागेको थियो ।
प्रहरीले उनले आफ्नो धन्दा नछाडेको बताएको छ । उनका विरुद्ध प्रहरीमा लिखित भन्दा मौखिक उजुरी धेरै थिए । काग्रेसको खेलकुद समितिमा पनि सक्रिय उनी आफूलाई समाजसेवी भन्न चाहन्थे । तर, भित्री धन्दा भने राजनीतिक आडमा चलाइरहेको थिए ।
टोलकै सानो घर
कपुरधाराको साँघुरो गल्लीका घरहरु मध्यै सवैभन्दा सानो घर घैंटेको छ । पँहेलो कलरको एक तले घरमा जस्ताको छानो लगाईएको छ । घरजस्तै सानो खालको गेट छ । कामपा ‘वालकुमारी मार्ग ९८/२०’ उनको घर नम्बर हो ।


घैंटेको घर
घरभित्र मुस्किकले एक दुईवटा मोटरसाइकल अट्ने ठाउँ छ । अम्बा र अन्य केही फुलका विरुवाहरु लगाईएको छ । घर नम्वर ९८/२० हेर्दा कतैबाट पनि डन घैंटेको हो जस्तो लाग्दैन । घैटेले विभिन्न धन्दा गरेर कमाएको पैसा कहाँ खर्चेका थिए ? स्थानीय कसैले केही बताउँन सकेनन् । प्रहरी अधिकारीहरु घंैटेले योजनाबद्ध रुपमा ठुलो घर नबनाएको बताउँछन् । एक प्रहरी अधिकृतले भने, ‘ पैसा भएर पनि घंैटेले ठुलो घर बनाएन किनभने घर बनाउँदा आफ्नो बदमासी सवैले देख्थे । उ बदमासी लुकाउन चाहन्थ्यो ।’
स्थानीय बोल्नै मान्दैनन्


घंैटे प्रकरणमा प्रहरी र काग्रेसका केही नेताहरुको फरक–फरक मत छ । प्रहरीले घंैटेले गोली चलाएपछि आत्मरक्षाका लागि गोलि चलाएको बताएको छ भने काग्रेस नेता एवम् सभासद् जगदिश्वर नरसिंह केसी प्रहरीले घैंटेको हत्या गरेको दावी गर्दे आएका छन् ।
प्रहरी र काग्रेस सभासद्वीचका आ–आफ्ना तर्क हुँदा स्थानीय भने ‘साइलेन्स’ बन्न चाहन्छन् । धेरैले कुरा गर्न मान्दैनन्, अलि अलि कुरा गर्नेले पनि आफ्नो नाम बताउँन चाहदैनन् । एक जना स्थानीयले नाटकीय ढंगमा घैंटे मारिएको बताए ।
‘गोली चलेको आवाज आउनासाथ धेरैले पसल बन्द गरे । छतमा बसेर हेर्नेलाई प्रहरीले भित्र पस्न भन्यो । घैंटेले हात पनि उठाएका थिए । प्रहरीले बाहिर आउन दिएनन् । गुण्डाकै झगडा होकी जस्तो लाग्यो । मैले पुलिस बोलाइदिउँ कि छोड्छौं ? भने । एक जनाले जाँउ बोलाएरले भन्यो ।’ उनले भने, ‘त्यसपछि तुरुन्तै पोशाकका प्रहरी आए । कुमार घैंटेलाइ कतिवेला हस्पिटल लगे हामीले थाहा पाएनौं । बेलुकासम्म यहिँ बसेर पुलिसहरुले मुचुल्का उठाइरहे । धेरैलाई हस्ताक्षर गराए । मैले गरिनँ ।
कुमार घैंटेको गेटसँगै तरकारी पसल गरेर बसेका देवराज जोशिका अनुसार सवा नौ बजेतिर घरमा आएका घैंटे केही बेरमै स्कुटर लिएर बाहिर निस्केका थिए । करिब दश मिनेटपछि उनी फर्केका थिए । ‘गोली चलेपछी दोहोर भिडन्त जस्तो लाग्यो,म भागेँ । पछी प्रहरीहरुले नै सटर बन्द गरिदीएछन् हामीलाई पसलमा आउन दिएनन् ।’ उनले भने ।
कपुरधारामा किराना पसल चलाएकी सुमिता खड्काले घैंटेको घरअगाडि अचानक पटाका पड्केको जस्तो आवाज आएको बताइन् । 




प्रतिक्रिया दिनुहोस्...