सुनको भाउ अझै बढ्ने संकेत


५ भदौ, काठमाडौं । साताभर सुनको भाउ उकालो लाग्ने क्रम जारी रहृयो । साताको पहिलो दिन तोलाको ४९ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५१ हजार ६ सय रुपैयाँ पुग्यो । 
goldfinalसुनको भाउ शुक्रबार एकैदिन तोलामा १४ सय रुपैयाँ बढेको थियो । साताभरमा सुनको भाउ २३ सय रुपैयाँले बढेको छ । गत हप्ता चिनियाँ मुद्राको अवमूल्यनसँगै बढेको सुनलाई यो हप्ता अमेरिकी संघीय बैंकको निर्णयले थप उचाइमा पुर्‍यायो ।
अमेरिकी संघीय बैंकले आगामी सेप्टेम्बरबाट बढाउने भनिएको ब्याजदर हाल आएर मुद्रास्फ्रिति र आर्थिक सुचकांकमा आएको अपेक्षित सुधारलाई मनन गर्दै यसको सूक्ष्म अध्ययनपछि मात्र बढाउने संकेत दिएको छ ।
यसले लगानीकर्ताहरु फेरि सुनमा फर्किएका छन् । यही कारण अमेरिकी डलरमा सामान्य गिरावट आएको छ भने सुनचाँदीको भाउ क्रमिक रुपमा बढ्न थालेको छ । जसले सुनचाँदीको भाउ करीब डेढ महिना अगाडिको मूल्यको हाराहारीमा पुगेको छ ।
आगामी हप्ता पनि यही सुनचाँदीको भाउ बढ्ने क्रम जारी रहने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान छ ।
चाँदीको भाउ पनि साता भरमा १५ रुपैयाँ बढेको छ । आइतबार तोलाको ७ सय रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ७ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्...