सुनको भाउ अहिलेसम्मकै सस्तो, तोलाको २७ हजार !
नयाँदिल्ली, १३ भदौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनको भाउ घटेको छ । भारतको राजधानीस्थित दिल्ली सर्राफा बजारका अनुसार बजारमा सुनको मागमा कमी आएकाले सुनको भाउ १० महिनायताकै सस्तो भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन किलोमा २५.१ डलरले घट्दै ११३३.३० डलर कायम भएको छ । यो यस हप्ताको सबैभन्दा बढी र यो वर्षको तेस्रो सबैभन्दा बढी साप्ताहिक गिरावट हो । बजार विश्लेषकका अनुसार सप्ताहिक बजारमा उतारचढाव हुनु र अमेरिकी फेडरल रिजर्व बैंकद्वारा ब्याजदर बढाउने सम्भावनाले सुनको भाउ कमजोर भएको हो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस