साउदीबाट ल्याइएका न्यायाधीश बमका सुटरले भने,‘मन्त्री बनाइदिन्छु भनेपछि गोली हानेँ’
काठमाडौं, भदौ ७ । सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने अभियुक्त सञ्जय स्माइली मगरलाई साउदीबाट नेपाल ल्याइएको छ। मन्त्री बन्ने सपनामा आफूले बमलाई गोली हानेको उनले बताएको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले मगरलाई आइतबार साउदीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। उनले प्रहरीसँग न्यायाधीश हत्या गरेपछि चुरे भावर पार्टी सरकारमा जाने र त्यसपछि मन्न पाइने आश्वासनमा बमलाई गोली हानेको बताएका छन्। ‘बाबु थापाले न्यायाधीशलाई मारेपछि म ठूलो मन्त्री हुन्छु, तलाई मन्त्री बनाउँछु भनेको थियो’, मगरले भने,‘मन्त्री बनेपछि प्रशस्तै पैसा पनि कमाइने प्रलोभनमा परेर गोली हानेको हुँ।’ -