एसएसपीले लक्ष्मण न्याैपाने लाइ यसरी आगो लगाई अन्त्य मा आँखामा भाला रोपियोः अंगरक्षकको बयान
काठमाडौं, १० भदौ । म थाकिसके, मलाई छोडिदिनुहोस्, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो । मैले हारेँ तपाईँहरूले जित्नुभयो भन्दा पनि कसैको दया पलाएन । घरभित्र पसिसक्नु भएका सर (एसएसपी लक्ष्मण न्यौपाने)को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो कपाल भएको जस्तो देखिनेले आँखामा भाला रोप्यो । सर त ड्याम्म ढल्नुभयो । उहाँको मुखमा, टाउकोमा हान्दै थिए, त्यसपछि मेरो पालो आउँछ भनेर ज्यान जोगाउन म भागेँ ।
टिकापुर घटनामा घाइते भएका सुरक्षाकर्मी मानबहादुर बुढामगरको भनाई छापिएको छ । बढो यातना दिएर मारे सबैलाई। मेरो एउटा आँखामा ढुंगा लागेपछि एउटा आँखालाई हातले छोपेर सरलाई जोगाइरहेको थिएँ, तर सकिनँ। त्यो दिन प्रहरी निरीक्षक बलराम बिष्टको कमाण्डको टोली टीकापुर नगरपालिका ६ शंकरपुर आसपास खटिएको थियो। प्रहरी निरीक्षकसहित १२ जनाको टोली निःशस्त्र लठ्ठी बोकेर परिचालित थियो ।
तर बलराम सरको टोलीलाई प्रदर्शनकारीले निषेधाज्ञा तोडेर ५०० मिटर धकेलेपछि सापको वाकीटकी बज्यो, त्यहाँबाट बलराम सापले ‘सर हामीलाई च्यापिसक्यो, थप मद्दत चाहियो भनेको सुन्दै थिए । त्यतीबेला एसएसपी साप, सशस्त्रका एसपी लक्ष्मण सिंहसँगै हुनुहुन्थ्यो केहीबेरको सल्लाहपछि दुबै एकै पिकअपमा चढ्नुभयो । अगाडिको पिकअपमा एसएसपी साप र सशस्त्रको एसपी साप पछाडिको वाटनमा सशस्त्रका थप १६-१७ जान शंकरपुरमा मुभ भयो।
उता बलराम सापको त त्यसअघि नै हत्या भइसकेको रैछ। अनि हामीलाई पनि भीडले लखेट्दालखेटदै अझ पाँच सय मिटर टाढा पुर्यायो। एसएसपी साप मोटो जिउ भएको मान्छे, थाकिहाल्नुभयो, हिँड्नै सक्नु भएन।
त्यसपछि मैले नजिकै रहेको एकजनाको घरमा सरलाई लगें। सरलाई यहाँ चुपचाप बसौं भनें। बाहिर भीड र अरू प्रहरीबीच भिडन्त भइरहेको थियो। सरको वाकीटकी बजेपछि एकजनाले यहाँ भित्र पुलिस छ भन्यो। अनि हुलका हुल घरवरिपरि आए।
घरको ढोका तोडेर केही मान्छे भित्र पसे। सरको कठालो समातेर बाहिर ल्याए। त्यो घरका मानिस पनि ‘अब नहान्नुस्ु भन्दै रोकिरहेका थिए तर कसैले सुनेन। केहीबेरको कुटाइपछि खेतमा लगेर एकजनाले भाला हानिहाल्यो। कसैले बन्चरोले हाने त कसैले लट्ठीले हाने।
सबैभन्दा मलाई सशस्त्र प्रहरीले फायर नखोलेकोमा नराम्रो लागेको छ। ुभीड अनियन्त्रित भयो एसपी साप फायर खोलौुं भनेर सापले धेरैपटक सशस्त्रका एसपी सापलाई भन्नुभयो तर उहाँले आदेश नआएकाले गोली हान्न नसकिने बताउनुभयो।
एकजना एसएलआर बोकेको सशस्त्र प्रहरीको जवान सरको छेउमै थियो । सरले भन्नुभयो, 'ए भाइ फायर खोल, हामीसँग केही छैन, तिमीहरूले पनि फायर नखोले कसरी बाँच्ने हामी ? छिटो फायर खोल।' तर ती जवानले आदेश नआएकाले गोली चलाउन नमिल्ने भन्दै टारे । त्यहाँ चार पाँच जना मात्रै हतियार भएका प्रहरी गएको भए भीड नियन्त्रणमा आउने रैछ ।
सर ढलेपछि म भागें। नजिकै एउटा नाला थियो, त्यो नाला पार गर्न सकिरहेको थिइनँ। मेरो एउटा आँखा बन्द भइसकेको थियो भने खुट्टामा पनि दर्जनौं लाठी खाइसकेको थिएँ।
धेरै प्रयासपछि म त्यो नाला पार गर्न सफल भएँ। अनि धेरै टाढाको धान खेतमा गएर पल्टिराखें। धेरैबेरसम्म होस थिएन। पछि होस आएपछि यताउता सुनसान थियो। केही साथीहरू घाइते देखिन्थे, केहीका शव देखिन्थे। एकैछिनपछि थप फौज आयो। अनि हामीलाई अस्पताल लगियो।