रसुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का


काठमाडौँ, ३ भदौ - आज बिहिबार विहान रसुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ११ बजेर ४७ मिनेट जादा ४ दशमलव ६ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। अस्ति मंगलबार पनि अपरान्ह ४ बजेर ८ मिनेट जादा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव ८ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको थियो।

बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता सानासाना धक्काहरु जाने क्रम अझै रोकिएको छैन्। त्यस्ता धक्का आइरहने भएकाले नतर्सिन तर सचेत रहन विज्ञको सुझाव छ।





प्रतिक्रिया दिनुहोस्...