बैंककमा शक्तिशाली विस्फोट, १२ जनाको मृत्यु
बैंकक नजिकैको इरावन मन्दिरमा विस्फोट भएको हो । हिन्दु देवता ब्रहृमाको मन्दिर हो । तर, यहाँ बौद्ध धर्मावलम्बीहरु धेरै आउने गर्छन् ।
यो लोकपि्रय पर्यटन स्थल भएको बीबीसीले जनाएको छ । मन्दिर नजिकै एक फाइभ स्टार होटल समेत थियो ।
थाइल्याण्डको दक्षिणी हिस्सामा मुसलमान चरमपन्थीहरु छन् । तर, अन्य क्षेत्रमा यस्तो घटना निकै कम हुने गरेको छ ।
