रक्सीको मातमा लिंगको ट्याटु खोप्दा डिभोर्स


Stuart-Valentino(एजेन्सी) रक्सीले लट्ठ भएका बेला श्रीमान् देब्रे खुट्टामा गुप्ताङको ट्याटू खोपेपछि श्रीमतीले उनलाई छाडेकी छिन् । ३४ वर्षीय स्टुआर्ट भ्यालेन्टिनोले रक्सी खाएका बेला जोक गर्ने क्रममा यस्तो ट्याटू खोेपेका थिए । तर, उनकी ३५ वर्षीया श्रीमती समान्थालाई यो निर्णय मन परेन । श्रीमान्को हर्कतपछि उनलाई छाड्ने निर्णय गरिन् ।
उनीहरु यसअघि तीन वर्षिया छोरीलाई लिएर विदामा स्विमिङ जाने सोचमा थिए । बेलायतको ह्याम्सपायरस्थित साउथसिमा बस्ने स्टुआर्ट भन्छन्, ‘मेरी श्रीमतीले मलाई घृणा गरिन् । मैलेँ जीवनमा गरेको सबैभन्दा मुर्खतापूर्ण काम यही होला । म बिहान उठ्दै गर्दा श्रीमतीले यस्तो ट्याटू देखकी थिइन् । त्यसपछि उनले मलाई घर छिर्न प्रतिबन्ध लगाएकी छिन् ।’
समान्थाले नै स्टुआर्टलाई क्रिसमसका बेला उपहार स्वरुप ट्याटू बनाउने गन ल्याइदिएकी थिइन् । तर अहिले उनी पश्चातापमा छिन् । ट्याटू खोपाएपछि गत महिनादेखी दुईबीचको दाम्पत्य सम्बन्ध बिग्रिएको छ । समान्थाले उनीसँग जीवन बिताउन नसक्ने भन्दै डिभोर्स मागेकी छिन् ।






प्रतिक्रिया दिनुहोस्...