मृत अवस्थामा भेटिए हराइरहेका आन्दोलनकारी
- राधेश्याम विश्वकर्मा
भैरहवा,भदौ ५ – भैरहवामा ३ भदौमा बन्दकर्ता र प्रतिकार गर्नेहरुबीच भएको झडपको क्रममा हराइरहेका एक प्रदर्शनकारी बिहीबार स्थानीय डण्डा खोलामा मृत अवस्थामा फेला परेका छन् ।
पारिवारिक स्रोतले प्रतिकारको नाममा सुनीलको हत्या भएको बताए । प्रत्यक्षदर्शीका अनुसार बेलहियाबाट प्रतिकार नाममा निस्किएका युवाहरुले यादवलाई खुकुरी, फलामे रड लगायतले आक्रमण गरेर जिउँदै डण्डा खोलामा फालेका थिए । मृतकको शव पोष्टमार्टमको लागि भैरहवाको भीम अस्पतालमा राखिएको छ ।
मृतक यादवलाई सहिद घोषणा गरि आश्रित परिवारलाई क्षतिपूर्तिको ब्यावस्था नभएसम्म शव नबुझ्ने अडान स्थनीयले लिएका छन् ।