तराईका बाइस जिल्लामा ६ दिने आमहडतालको घोषणा


फोटो :फाइल फोटो
दाङ : थारु संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ । साउन २७ गते बुधवारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो । 
थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ । 
कञ्चनपुरदेखि चितवनसम्मको भूभाग थारु प्रदेश हुनुपर्ने मागसहित कैलाली तथा कञ्चनपुरमा चलिरहेको थारु आन्दोलनको समर्थनमा उक्त आमहडतालको आयोजना गरिएको केन्द्रीय संघर्ष समितिका सदस्य तथा पूर्वसभासद् इन्द्रजीत थारुले जानकारी दिए  
 थारुका अनुसार आमहडतालमा यातायात, शिक्षणसंस्था, व्यापार–व्यवसाय, कलकारखाना सबै बन्द रहने छ । सिमाङ्कनको क्रममा थारुहरुको अस्तित्व नै समाप्त हुनेगरी प्रदेशहरुको विभाजन गरिएको भन्दै थारुहरुले आमहडतालको घोषणा गरेको उनको भनाई  छ ।






प्रतिक्रिया दिनुहोस्...