जुम्ला सदरमुकाम खलंगा तनावग्रस्त, प्रहरीको गोली लागि एक घाइते
२६ साउन, जुम्ला । कर्णाली स्वायक्त प्रदेशको माग गर्दै भएको आन्दोलनका कारण जुम्ला सदरमुकाम खलंगा तनावग्रस्त भएको छ ।
प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि प्रहरीले केही राउण्ड हवाइ फायर गरेको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष राजबहादुर महत को पाखुरामा गोली लागेको छ ।
कर्णाली मिच्न पाइँदैन, सुदूरपश्चिम चाहिँदै भन्ने नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय अगडि अहिले पनि प्रदर्शन र नाराबाजी भइरहेको छ ।
त्यसअघि प्रदर्शनकारीले कांग्रेस कार्यालयमा आगजनी गरेका छन् । आगजनीका कारण कर्सी, टेबल जलेको छ । भिड तितरवितर पार्न प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेका थियो ।
आन्दोलनकारीको समूहेल एमाले र एमाओवादीको कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलनका कारण खलंगा बजार, शिक्षण संस्था र सरकारी कार्यालय बन्द भएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले आन्दोलन हिंसात्मक बन्न सक्ने भन्दै कार्यकर्तालाई सम्झाउन स्थानीय राजनीतिक नेताहरुलाई आग्रह गरेका छन् ।
मुगु तेस्रो दिन पनि बन्द
यस्तै मंगलबार तेस्रो दिन पनि बन्द यथावत् छ । आइतबार र सोमबार सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्था र व्यापार–व्यवसाय बन्द रहेपनि आजदेखि शैक्षिक संस्था पनि बन्द भएका छन् ।
सुर्खेतमा प्रहरीबाट भएको दमन र हत्याको विरोधमा सोमबार साँझ युवाले मसाल जुलुस निकालेका थिए भने मंगलबार युवा जुलुस निकालेका छन् ।