रक्षा-बन्धन भन्दा पहिल्यै दाजूभाईले आफ्नै बहिनीसँग गरे यस्तो हर्कत


rapएजेन्सी । रक्षा बन्धन आउन अब केही दिन बाँकी छ । जहाँ दाजूभाईले दिदीबहिनीलाई राखी बाधेर मायाप्रेम साटासाट गर्ने सद्भाव राख्ने परम्परा छ ।
तर, यूपीको बदायूंमा रक्षा–बन्धनको पूर्व सन्ध्यामा आनर किलिंग(इज्जतका लागि हत्या)को सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।जहाँ परिवारको अनुमति विना आफूखुसी विवाहका लागि दबाब दिएपछि दुई भाइले निर्ममतापूर्वक आफ्नी बहिनीको हत्या गरेका छन् । हत्या गरेर बहिनीको टाउको काटेर आफूसँगै लगेर गएको प्रहरीले जनाएको छ ।
समाचार एजेन्सीले जनाएअनुसार १८ वर्षीय फूलजहां आफ्ना फुपुका छोरा अच्छनसँग प्रेम गर्थिन् र विवाह गर्न चाहन्थिन् तर, उनका दाई र भाई त्यो प्रेम र विवाह सम्बन्धको विरुद्धमा थिए । सोमबार रात करिब एक बजे युवती भागेर अच्छनको घर गइन् र त्यही बसिन् ।
यो कुराको खबर जब दुई भाईले दोस्रो दिन थाहा पाए तब उनीहरुले फुपुको छोराको घर गएर बहिनीलाई जमिनमा घिसार्दै बीच गल्लीबाट आफ्नो घर ल्याएर जमिनमा खसाले । त्यही उनको घाँटी काटेर टाउकोलाई अलग गरे । त्यसपछि दुबै भाई बहिनीको काटिएको टाउको कपडामा बेरेर झोलामा हालेर फरार भए ।
प्रहरीले अब दुवै भाईमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दताए गरी घटनाको कारवाही प्रक्रिया अगाडि बढाएको छ । घटनाको अनुसन्धान एवं छानविन गर्न पुलिसले स्पेशल टीम समेत गठन गरेको छ । फरार दाजूभाईको प्रहरीले खोजी गरिरहेको छ ।







प्रतिक्रिया दिनुहोस्...