सप्तरीको भारदहमा गोली चल्यो, एकको मृत्यु
प्रदर्शनकारी र प्रहरीबीच झडप, दर्जन बढी घाइते
सप्तरी: सप्तरीको भारदहमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा प्रहरीको गोली लागेर स्थानीय राजीव रौतको मृत्यु भएको छ भने दर्जनौ प्रदर्शनकारी घाइते भएका छन्। घाइते भएकाहरुलाई उपचारका लागि विराटनगर र राजविराज अस्पताल पठाइएको छ।
स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यासले नटेरेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ भने दर्जनौ सेल अश्रुग्यास ग्याँस प्रहार गरे १६ बढी प्रदर्शनकारी घाइते भएको छ।
स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यासले नटेरेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ भने दर्जनौ सेल अश्रुग्यास ग्याँस प्रहार गरे १६ बढी प्रदर्शनकारी घाइते भएको छ।
उनीहरुले सुरक्षा स्थितमा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन्। सुरक्षा स्थितमा खटिएका प्रहरीको भ्यान जलाउने प्रयास गरेको छ। झडपपछि सप्तरीको भारहद सडक सुनसान बनेको छ। मधेसी मोर्चामा आवद्ध नेता कार्यकर्ताले ६ प्रदेशको प्रस्ताव आफूहरुलाई स्विकार नहुने भन्दै तीन दिनेदेखि सप्तरी लगायतका जिल्ला बन्दको आह्वान गरदै आएको छ।