अजै रोकिएन आँसु यो बियोगान्त हेर्दा कसको आसु झर्दैन र???(फोटो फिचर)
धनगढी - ज्यान गुमाएका प्रहरीहरुको शव उठाउने बेला सेती अञ्चल प्रहरी कार्यालयको परिसरमा रुवाबासी नै चल्यो। प्रहरीका परिवार शव वुझ्न आउँदा अचेत जस्तै देखिए भने सहकर्मीको शव देखेर प्रहरीहरु भक्कानिएका थिए।
अस्पताल परिसरमा मंगलबार दिनभर अाँशु रोकिएन। टीकापुरमा भएको घटनामा परी ज्यान गुमाएका प्रहरीका शवहरु आज आफन्तलाई बुझाइएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत टीकापुरदेखि धनगढी ल्याएर शव आफन्तलाई वुझाइएको हो । एसएसपी लक्ष्मण न्यौपानेको शव हेलिकप्टरवाट काठमाण्डौ लगियो भने प्रहरी निरिक्षक केशव बोहराको उनको घर बेलौरी पठाएको छ ।
प्रहरी निरिक्षक बलराम विष्टको शव कञ्चनपुरको झलारी स्थित उनको घर पठाएको छ । प्रहरी जवान लोकेन्द्र विष्टको शव पनि हेलिकप्टरबाट उनको गृह जिल्ला बैतडी पठाईएको छ । बिहारी चौधरी बर्दियाका हुन भने शसस्त्र प्रहरीका हवल्दार टीकापुरकै हुन् । दुबैको शव पनि आफन्तलाई बुझाइएको छ ।प्रहरीका आफन्त र वृद्ध अवस्थाका आमा वुवाहरु पनि सन्तानको वियोगको पिडामा छटपटिरहेका थिए ।
उनीहरुलाई सम्झाउने वुझाउने धेरै प्रयासहरु गरिए पनि उनीहरुको रुवावासी रोकिएको थिएन । नेपाली सेनाको हेलिकप्टरमा ४ जना प्रहरीको शवलाई सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा झार्ने वेलादेखि नै चलेको रुवावासीले आफन्तका आँखाभरी आसु त थिए नै उनीहरुलाई सम्झाइरहेका छिमेकी अनि चिनेका र नचिनेका प्रहरीहरुका आँखा पनि रसाएका देखिन्थे । सहकर्मीको वियोगमा प्रहरीहरु पनि आँसु रोक्न नसकेर भक्कानिदै रोएका देखिन्थे ।
सहकर्मी वियोगान्तको पिडासँगै शान्ति सुरक्षा कायम गर्न धौ धौ भईरहेको अवस्थामा प्रहरीहरुलाई थप समस्या सिर्जना भईरहेको प्रष्ट देखिन्थ्यो । तर पनि घटना सुनियोजित हो भनिरहेको अवस्थामा मन्त्रालय झिकाउनु अघि यसक्षेत्रका डिआईजी रामकुमार खनालले केही व्यक्तीहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान भईरहेको वताएका छन् ।