टेलिकमले ल्यायो प्रिपेड मोबाइल डाटा प्याकेज, १३० रुपैयाँमा २०० एमबी


टेलिकमले ल्यायो प्रिपेड मोबाइल डाटा प्याकेज, १३० रुपैयाँमा २०० एमबी
काठमाडौं– नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका लागि डाटाको नयाँ प्याकेज ल्याएको छ। सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायकले ठूलो संख्यामा रहेका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्ष्यित गर्दै मंगलबारदेखि लागू हुनेगरी डाटा प्याकेज सार्वजनिक गरेको हो।
टेलिकमको प्रिपेड डाटा टेरिफअनुसार २०० एमबीको १३० रुपैयाँ पर्नेछ। ५०० एमबीको ३०० रुपैयाँ पर्नेछ भने १ जिबीको पाँच सय रुपैयाँ पर्नेछ। यो समूहमा लिने डाटा प्याकेजको समयावधि एक महिनासम्म रहनेछ।

१२९० रुपैयाँमा पाइने ३ जिबी डाटा एनटिसीले दिनेछ। यसको समयावधि दुई महिनाको हुनेछ। पाँच जिबीको १८०० रुपैयाँ पर्नेछ भने यसको समयावधि ३ महिनाको रहनेछ। १० जिबीलाई टेलिकमले यो प्याकेजमा २८०० रुपैयाँमा दिनेछ यसको समयावधि ६ महिनाको हुनेछ।

टेलिकम डाटा प्रतिएमबी २७ पैसाभन्दा कम पर्ने दाबी गरेको छ। यो प्याकेजको दरमा कर समावेश नगरिएको टेलिकमले जनाएको छ।
कसरी लिने डाटा?
डाटा सुविधा लिन आफूले चाहेको डाटा भोल्युम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ। जस्तैः २०० एमबी डाटा लिनु परेमा म्ब्त्ब्द्दण्ण्ःम् टाइप गरी १४१५ मा एसएस गर्नुपर्नेछ। प्रयोग गर्न बाँकी रहेको डाटा भोल्युम थाहा पाउन ख्ी टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ।






प्रतिक्रिया दिनुहोस्...