नायिका झरना थापा भन्छिन्– अश्लील नृत्य गर्नु ज्योति मगरको मुर्खता हो ।



काठमाडौं - ओरालो लागेको हरिणलाई सबैले खेद्छन् भने जस्तै भएको छ अहिले गायिका ज्योति मगरलाई । पछिल्लो समयमा विभिन्न कारणले चर्चामा आएकी ज्योतिमाथि प्रहार गर्नेको संख्या पनि बढ्दो छ । ज्योतिको स्वरमा भद्धा अश्लील तीज गीत आएपछि ज्योतिको सर्वत्र आलोचना शुरु भएको हो । 
तीजको नाममा यसरी विकृति ल्याउँनेहरुप्रति अर्की नायिका झरना थापाले कडा टिप्पणी गरेकी छिन् । ज्योति मगरको प्रस्तुतिबारे प्रतिक्रिया दिदै नायिका थापाले भनिन्–भद्धा दृश्यहरु प्रस्तुत गरेर मात्र पनि नयाँपन दिन्छु भन्नु मुर्खता मात्रै हो । अहिले नेपाली तिज गीत संगीतमा नयाँपन ल्याउने हिसाबले थालिएको प्रयास एक हिसाबले सकारात्मक भएतापनि त्यसलाई ‘युनिकनेस’ दिन कला आवश्यक पर्ने उनको धारणा छ । त्यसैले गीतको भावअनुसार दृश्य, शब्द छनौट र त्यसले भोलिका दिनमा के कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरालाई निर्माता निर्देशक, अभिनय गर्ने कलाकार सबैले ख्याल गर्नु जरुरी रहेको नायिका थापाको सुझाव छ ।







प्रतिक्रिया दिनुहोस्...