बाबु-छोरीको अवैध सम्बन्ध, आफ्नो अगाडि कपडा खोल्न लगाएर निवस्त्र बनाउथे


 एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एक बाबु-छोरीको अवैध सम्बन्धको खुलासा भएको छ । एक पितालाई १४ वर्षकी छोरीको यौन शोषण गरेको आरोपमा गिरफ्तार गरिएको छ । पीड़ित बालिका १० कक्षाकी छात्रा हुन् । दिल्ली पुलिसद्वारा स्कूलमा लगाएको उजुरी पेटीमा पीडित बालिकाले आफ्नो उजुरी लेखेर राखेकी थिईन् । बाल कल्याण समितिले बालिकालाई परिवारबाट अलग गर्दै बालगृहमा राखेको छ ।

 उत्तरी-पूर्वी दिल्लीको कैयौं स्कूलमा दिल्ली पुलिसले यस्ता उजुरी पेटी राखेको छ । स्कूलका छात्राहरुमाथि परिवारका कुनैपनि सदस्य वा छिमेकीद्वारा यौन शोषण भएको घटनालाई उजुरीमार्फत कानुनी दायरामा ल्याउन अरविन्द केजरीवाल मुख्यमन्त्री भएपछि दिल्ली पुलिसले यस्तो विशेष अभियान शुरू गरेको हो । पीड़ित छात्राले यस्तै उजुरी पेटीमा आफ्नो लिखित उजुरी राखेकी थिईन् ।

उजुरीमा लेखिएको थियो कि उनका पिता दिनदिनै उनको यौन शोषण गर्थे र उनलाई आफ्नो अगाडि कपडा खोलेर नांगिन लगाउथे । उनले यो पनि भनेकी छिन् कि यदि उनले त्यसो गरिनन् भने उनलाई पिता बेस्सरी कुटपिट गर्थे । उजुरीपत्र पाएपछि पुलिस अधिकारीले प्रिन्सिपलको मद्दतमा पीड़ित बालिकाको पहिचान गरेका थिएउनलाई विश्वासमा ल्याएर स्कूलका प्रिन्सिपल र एक एनजीओका अगाडि बयान रेकर्ड गरियो । पीडित छात्राले आफ्नो बयानमा भनेकी छिन् कि जब उनले यो विषयमा आफ्नी आमालाई बताइन् तब आमाले चुप लागेर बाबुको इच्छा पुरा गर्न सल्लाह दिइन् । पीडित बालिकाका पितालाई यौन शोषणको आरोपमा पुलिसले गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । उनलाई कम्पतीमा पनि १० वर्षको जेल सजाय हुने दिल्लीका पुलिस अधिक्षक रामजी पटेलले बताए ।





प्रतिक्रिया दिनुहोस्...