अमेरीकामा उपचारत आदित्य दाहाल भन्छन् ‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ


अमेरीकामा उपचारत आदित्य दाहाल भन्छन् ‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ’ काठमाण्डौ। अमेरीकामा उपचाररत बालग्यानी गुरु आदित्यले टिकापुर घटनाका विषयलाई लिएर मुख फोरेका छन् । क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालमा उपचाररत आदित्यले कैलालीको टीकापुर आक्रमणलाई गहन रुपमा लिँदै पर्दापछाडीबाट मनोबल दिने काम भैराखेको बताएका छन् । उनले एक सन्देश लेख्दै भनेका छन् ‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ । Aaditya-kailali

आदित्यले केही दिन अघि मात्रै लेखेको सन्देशमा भनेका छन् आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि रु सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको भन्दै आदित्यले सन्देशमा लेखेका छन् उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ उनले ट्वीटरमा लेखेका छन् । को हुन् आदित्य ?
चार वर्ष आठ महिनाका यि बालक न बोल्न सक्छन् न हिँड्डुल गर्न । उनी अहिलेसम्म विद्यालय गएकै छैनन् । बसी बसी हरेक प्रश्नको जवाफ लेखेर दिन्छन् । एक अलौकिक बालकजसलाई आँखाले नदेखेसम्म पत्याउन मुस्किल पर्ने यि बालकसँग संसारका अनेट जटिल प्रश्नको उत्तर छ । उनले केही प्रश्नलाई भने कुटनीतिक जवाफ दिने गरेका छन् । Aaditya-dahal-taja नेपालको संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनले नेताहरुबीचको झगडा मिलेपछि २०७२ सालमा भनेका छन् । त्यस्तै उनलाई भेट्न जाने मानिसहरुलाई बेग्ला बेग्लै सल्लाह दिने गरेका छन् । त्यस्तै उनले सुशील कोइरालापछि नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् । त्यस्तै उनले आफू २०७३ असार ३१ देखि हिँड्न थाल्ने पनि बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्...