सुर्खेतमा गाेली लागेर एकको मृत्यु,प्रदर्शन नियन्त्रण बाहिर
सुर्खेत २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले केही राउन्ड हवाइ फायर गरेको थियो।आन्दोलन हिंसात्मक हुँदा एकजनाको ज्यान गएको छ । मृतक बिरेन्द्र-४ भैरबनगर का टीकाराम गौतम रहेको र उनको शव अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भिड नियन्त्रण गर्न हवाइ फायर गरिँदा घटना भएको बताए । प्रदर्शनकारीले सुर्खेतका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।दोहोरो झडपमा डिएसपी नमराज देवकोटा सहित आधा दर्शन प्रहरी र १ दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले सोमवार बिहान जिल्लाका सरकारी कार्यालयहरुमा तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीहरुबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका मूख्य दलका तीनवटा पार्टी कार्यालयमा आगजनी समेत गरेका छन् । उग्र बनेका आन्दोलनकारीले कांग्रेसका सह–महामन्त्री पुर्णबहादुर खड्काको घरमा आक्रमण गरेका छन् । खड्काको घरमा आगजनी गर्न खोज्दा प्रहरीले करिब १२ राउन्ड हवाई फायर गरेको छ । घरमा आगजनी गर्न नदिएपछि आन्दोलनकारीले नजिकै रहेको एक सार्वजनिक वस जलाइदिएका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्दा नेताहरुले नसुनेको भन्दै प्रदर्शनकारीहरुले तोडपफोड गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अहिले साढे १ बजेदेखि लागू हुने गरी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा राति ९ बजे सम्मका लागि कर्फ्यु जारी गरेका छन् ।