ललितपुरमा ज्वाईले आफ्नी श्रीमती ताकेपछि जेठानले बनाए बहिनीका परिवारको एकै चिहान


काठमाडौं, ३ भदौं । एकै परिवारका पाँच जनाको हत्या गर्ने एक पुरुषलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।
१२ वर्षअघि ललितपुरको बडिखेलमा एकै परिवारका ५ जनाको हत्या गर्ने सोही ठाउँकै चन्द्रबहादुर पहरीलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
पहरीले ज्वाई नाता पर्ने परिवारको हत्या गरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहरीले ज्वाईले बहिनी छाडेर आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै ज्वाई परिवारको एकै चिहान बनाएका हुन् ।
विस २०६० असोज १६ गते राति १२ः१५ बजे ललितपुरको बडिखेल ६ खेलगाउँ (हाल जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं–८) स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियार प्रहार गरी घांटी रेटी ३६ वर्षीय भानु नगरकोटी समेतका ५ जना परिवारको सामूहिक हत्या भएको थियो । मृत्यु हुनेमा ३० वर्षीय धन कुमारी नगरकोटी, १३ वर्षीय छोरा रविन्द्र नगरकोटी, १० वर्षीय छोरी लुरी, बर्ष ८ की टुकुली रहेका छन् ।
प्रहरीका अनुसार मृतक भानुका जेठान पर्ने चन्द्र बहादुर पहरीले पुरै परिवारको हत्या गरेका हुन् । खेतीपाती, राँगा भैसी काट्ने काम गर्दै आएका तत्कालिन ५२ वर्षीय पहरी घटनापछि भक्तपुर चांगुनारायण नपा झौखेल बस्दै आएका थिए ।
पहरीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।
यस्तो छ घटना विवरण :
  • मृतक भानु नगरकोटी (ज्वाई) र चन्द्र बहादुर पहरी (जेठान) नातामा ज्वाई जेठान पर्ने ।
  • चन्द्र बहादुर पहरीको श्रीमती भुन्टी भन्ने सुर्य कुमारी पहरी र मृतकको श्रीमती धन कुमारी नगरकोटी बिच घटना घट्नु भन्दा ५/६ दिन पहिला झगडा हुंदा चन्द्र बहादुर पहरीले पनि आफ्नी बहिनीलाई र ज्वाईलाई मार्ने सम्मको धम्की दिएको ।
  • मृतक भानु नगरकोटी र सुर्य कुमारी पहरी संगै बसी जांड रक्सी खाने र अनैतिक सम्बन्ध राख्ने भन्ने कुरा चन्द्र बहादुर पहरीले आफ्नै भान्जीहरुबाट सुनी थाहा पाएको ।
  • मिति २०६०।०६।१६ गते दशैंको अष्टमीका दिन चन्द्र बहादुर पहरीको आमाको घरमा रांगा काटी मासु भाग लगाएको र त्यस मध्ये २ भाग मृतक भानु नगरकोटीले घरमा लगेको ।
  • नेवारी परम्परा अनुसार कुची भोज खाने चलन भएकोले आ-आफ्नो घरमा बसी भोज खाएको ।
  • मिति २०६०/०६/१६ गते भोजसँगै रक्सी समेत सेवन गरी अभियुक्त चन्द्र बहादुर पहरीआफ्नै परिवारसँगै सुतेको तर पुरानो झगडाको पीडालाई सहन नसकी बहिनी ज्वाईलाई सिध्याउँछु भनि रातको अं.२४:०० बजे श्रीमती तथा घर परिवारलाई थाहै नदिई चन्द्र बहादुरले खाली खुट्टामै,कालो छिरमिरे सर्ट र कालो हाफ पाईन्ट लगाई प्लाष्टीकको झोलामा १ जोर सर्ट पाईन्ट समेत बोकी बहिनी ज्वाईंको घर तर्फ गएको ।
  • बहिनी ज्वाईको घर अगाडी पुग्दा मुल ढोका बन्द भएकोले ट्वाईलेटको छानामाथी चढी घरको भर्‍याङमा उक्लिई मृतक भानु नगरकोटीको घरमा सधैं जसो राख्ने गरेको मासु काट्न प्रयोग गरिने दाउ भर्‍याङको छेउमा फेला पारी बोकी सधैं बहिनी ज्वाई सुत्ने गरेको माथिल्लो तलाको कोठा तर्फ गएको ।
  • उक्त कोठाको ढोका खुल्लै रहेकोले बहिनी ज्वाईं नै होला भनि दुवै हातले खाटमा सुतिरहेकाहरुलाई घांटीमा उक्त दाउले मार हान्ने तरिकाले एक-एक पटक प्रहार गरें । दाउले प्रहार गरिसके पछि झ्यालमा सिसा भएको कारण जुनको उज्यालोमा हेर्दा भान्जा रविन्द्र नगरकोटी र भान्जी लुरी रहेको थाहा पाएको ।
  • भान्जा-भान्जीलाई मारिसके पछि हातमा दाउ बोकी तल्लो तलामा झरि दक्षिणतर्फको कोठामा जांदा उक्त कोठामा बिजुली बत्ती बलीरहेको र खाटमा बहिनी धनकुमारी नगरकोटी,ज्वाई हिरालाल भन्ने भानु नगरकोटी र भान्जी टुकुली नगरकोटी सुतीरहेका देखेको ।
  • बिस्तारै उनीहरु सुतेको स्थानको टाउकोतर्फ गई पालैपालो बहिनी धनकुमारी नगरकोटी,ज्वाई हिरालाल भन्ने भानु नगरकोटी र भान्जी टुकुली नगरकोटीलाई मार हान्ने तरिकाले घांटीमा दाउले प्रहार गरी हत्या गरेको ।
  • हत्या पश्चात् उक्त कोठाको दक्षिणतर्फ रहेको काठको ढोका खोली हत्यामा प्रयोग भएको दाउ समेत बोकी बाहिर निस्की गएको ।
  • घटनामा प्रयोग भएको दाउ भानु नगरकोटीको घरको केही पर पुर्वतर्फ रहेको बांसको झ्याङको खोल्सातर्फ फाली आफुले घरबाट ल्याएको सर्ट पाईन्ट बोकी पुर्व तर्फ रहेको ठुलो खोला तर्फ गएको ।
  • खोलामा पुगेपछी घटना घटाउंदा लगाएको सवै लुगा खोली सोही खोलामा बगाई नुहाई धुवाई समेत गरी प्लास्टिकको झोलामा बोकी लगेको सर्ट पाईन्ट लगाई पुन बाँसको झ्याङतर्फ जाँदा रातको अं.२/३ बजेको हुनाले केहीबेर बाँसको झ्याङमा बसी चुरोट समेत खाएको ।
  • बिहान अं.०६:०० बजे अभियुक्त चन्द्र बहादुर पहरीको मामाको श्राद्दको लागी जाने भनिएको पुर्व सल्लाह अनुसार पंडित गोपाल ओझालाई बोलाउन निजको घर तर्फ गएको ।
  • निजलाई बोलाई वनको बाटो हुंदै ललितपुरको लेले काभ्रे भन्ने स्थान तर्फ गएकोमा अं.-०८:०० बजे पुगी श्राद्द गर्दै गरेको अवस्थामा अं १०:३० बजेतिर अभियुक्त चन्द्र बहादुर पहरीको कान्छो छोरा महेश्वर पहरी आई भानु नगरकोटीको परिवारको हत्या भएको जानकारी गराए पश्चात् आफुलाई केही थाहा नभएको जस्तो गरी घटनास्थलतर्फ गएको ।
  • निज अभियुक्त चन्द्र बहादुर पहरी आफ्नो जेठो छोरा काले भन्ने मुकेश पहरीले दिएको हैरानीको कारणले विगत ३ वर्षदेखी भक्तपुर चाँगुनारायण न.पा. झौखेल बस्ने गरेकोमा मिति २०७२/०५/०३ गते पक्राउ गरी आवस्यक कानुनी कारवाहीको लागिमहानगरीय प्रहरी परिसर ललितपुर पठाईएको ।






प्रतिक्रिया दिनुहोस्...