मध्यरातमा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको परकम्प
काठमाडौं, १५ भदौ– सोमबार मध्यरातमा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको अर्को परकम्प भएको छ ।
सोमबार राति ११ बजेर ३३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्कलेको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर काठमाडौंले जानकारी दिएको छ । पछिल्लो समय बैशाख १२ को शक्तिशाली भूकम्पपछि त्यसको परकम्पहरु अझै आउने क्रम जारि छ ।
आइतवार मात्रै पनि सिन्धुपाल्चोकलाई केन्द्र बनाएर एक र दोलखालाई केन्द्र बनाएर दुई वटा परकम्प भएका थिए । आजको परकम्पसँगै ४ रेक्टर स्केल माथिका ३ सय ८६ वटा परकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले मापन गरेको छ ।