भन्सारका सुब्बा २१ हजार घुससहित पक्राउ
भीमदत्तनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ ।
अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय भीमदत्तनगरले दिएको जानकारीअनुसार भारतबाट नेपाल आयात गरिने सामान बिना भन्सार आउन दिने भन्दै सेवाग्राहीबाट लिएको २१ हजार घुसहित छोटी भन्सार कार्यालयका नासु यादव श्रेष्ठ पक्राउ परेका हुन् ।कार्यकक्षमै घुस लिँदालिँदै पक्राउ परेका श्रेष्ठलार्इ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । रासस
