दक्षिण कोरियाले दियो उत्तर कार्यलाई चेतावनी :गम्भिर परिणाम भोग्नुपर्ने छ
विकाश श्रेष्ठ
२५ साउन, सोल ।दक्षिण कोरियाले कुनै पनि उत्तेजनात्मक सैन्य गतिविधि गरे उत्तर कोरियाले गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । गत साता दुइ मुलुकबीचको सिमा क्षेत्रमा भएको माइन विस्फोटनमा दक्षिण कोरियाका दुइ सैनिक गम्भिर घाइते भएपछि सोलले यस्तो चेतावनी दिएको हो ।

सो विस्फोटनमा उत्तरको हात रहेको दाबी सोलको छ । यद्यपी प्योङयाङले सो घटनाको बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।
दक्षिण कोरियाको सेनाले विज्ञप्ती मार्फत उत्तर कोरियालाई सो घटनाका दोषिलाई कारबाही गर्न र माफी माग्न आग्रह गरेको छ । गएको अगष्ट चार तारिखमा ख्याङगी प्रान्तको पाजु शहर नजिककै सिमा क्षेत्रमा माइन विस्फोट भएको थियो । विस्फोटमा दक्षिण कोरियाका दुइ जना सैनिक गम्भिर घाइते भएका छन् ।
दक्षिण कोरियाको अनुसन्धान टोली गरेको अनुसन्धानमा उत्तर कोरियाबाट जडान गरिएको तीन वटा काठको बाकसमा राखिएको माइन विस्फोट भएको खुल्न आएको छ । अर्को हप्ताका लागि तय भएको वाशिङटन र सोलबीचको संयुक्त सैन्य अभ्यास रोक्न उत्तर कोरियाका सैनिकले माइन विस्फोट गराएको आशंका सोलको छ ।