देशैभरी जारी प्रदर्शन व्यवस्थापन गर्न सरकारको यस्तो योजना(भिडियो हेर्नुहोस)
काठमाडौं, श्रावण ३२ । मुलुक नयाँ संविधान जारी गर्ने संघारमै पुगेको छ । नयाँ घटनाक्रमले अवरोध गरेन भने भदौको दोस्रो साताको वरिपरी मुलुकले संविधान पाउने सम्भावना छ ।
मुख्य दलहरु संविधानका विवादित विषयहरु टुंग्याउँदै संविधान जारी गर्ने बाटोतर्फ उद्दत हुँदै गर्दा संविधानमा आफ्ना मुद्दा र एजेण्डा पार्न राजधानी काठमाडौंदेखि
देशैभर दबाबमूलक कार्यक्रमहरु पनि भइरहेका छन् ।
दबाबका लागि आयोजित आन्दोलन र प्रदर्शनहरु अनियन्त्रित नहोस् भन्नेमा सरकार पनि उत्तिकै चनाखो देखिएको छ ।
