न्यायाधीश बम हत्याका सुटर सञ्जयलाई साउदीबाट नेपाल ल्याइयो (भिडियो सहित )


sanjaya ismali magar 3
मिडिया एनपी, काठमाडौं, ६ भदौ । नेपाल प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न भएको आरोपमा संजय ईस्माली मगर साउदी प्रहरीको सहयोगमा नेपाल ल्याइएको छ । तीन वर्ष अघि बमको हत्यापछि साउदीमा धर्म परिर्वतन गरी बसेका रामेछाप खनियापानी–७ का मगरलाई आइतबार काठमाडौं ल्याइएको हो । नेपाल प्रहरी मगर इन्टरपोलमा राखेपछि साउदी प्रहरीको सहयोगमा नेपाल ल्याउन प्रहरी सफल भएको हो ।
धर्म परिवर्तन गरी साउदीमा रहेका मगरले हिन्दू धर्मको विरोध र मुस्लिम धर्मको प्रचारक र प्रवचक बनेका थिए ।
जसले गर्दा साउदी प्रहरीलाई समेत झुक्याउन सफल भएका थिए र नेपाल प्रहरीले उनको वास्तविकता प्रष्ट्याएपछि मात्रै मगर पक्राउ परे । वि.सं. २०६९ साल जेठ १८ गते बिहान ललितपुरको बंगलामुखी मन्दिरको दर्शन गरी फर्कने क्रममा काठमाडौंको युएनपार्क नजिक न्यायाधीस बम चढेको गाडीमा गोली प्रहार भएको थियो ।
तीन वटा ३ वटा मोटरसाइकलमा आएका ५ जनाले गोली प्रहार गर्दा न्यायाधीस बमको निधन भएको थियो भने उनका साथी राम गिरी र अंगरक्षक प्रहरी सहायक निरीक्षक महेस गिरी समेत घाइते भएका थिए ।
सो घट्नामा संलग्न अन्य अभियुक्तहरु घटनाका मुख्य योजनाकार सर्लाही ढुंग्रेखोला–४ का ३८ वर्षीय बाबु थापा भन्ने मेघबहादुर थापा, सुटर जनकपुर का ३८ वर्षीय शिव भन्ने करण चौधरी, सर्लाही हरिबन–५ नयाँरोडका २८ वर्षीय नवीन भन्ने प्रेमराज खड्का र जनकपुरका ३८ वर्षीय दिपक कर्णलाई प्रहरीले पक्राउ गरी सकेको छ । भिडियो केहीबेरमातीन वटा ३ वटा मोटरसाइकलमा आएका ५ जनाले गोली प्रहार गर्दा न्यायाधीस बमको निधन भएको थियो भने उनका साथी राम गिरी र अंगरक्षक प्रहरी सहायक निरीक्षक महेस गिरी समेत घाइते भएका थिए ।

sanjaya ismali magar 6





प्रतिक्रिया दिनुहोस्...