नेपाली चेली सवितालाई अन्तर्राष्ट्रिय सम्मान
७ भदौ,काठमाडौं । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र संचालनकी संचालिका सबिता उप्रेती अन्तराष्ट्रिय पुरस्कारवाट सम्मानित भएकी छन् ।
इन्टरनेशनल सरकल फर फिजिकल्ली एन्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल मरिसियसले उप्रेतीको कामलाई सो सम्मान प्रदान गरेको हो ।
सो संस्थाले नेपाल सहित विश्वका अन्य देशवाट शारिरिक तथा बौद्धिक अपांगता भएका व्यत्तिहरुसँग काम गरिरहेका संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेको हो । नेपालवाट शारिरिक तथा बौद्धिक अपांग भएका बालवालिकाहरुको पुर्नस्थापना र उपचार गर्न स्थापित केन्ऽकी संचालिका उप्रतिले सो सम्मान प्राप्त गरेकी हुन् ।
संस्थाले सम्मानको घोषणा पश्चात मे २५ देखि २९ सम्म मरिसियसमा भएको सम्मान कार्यक्रममा उपस्थित हुनका लागी मरिसियसमा वोलाएको थियो ।
सो समयमा नेपालमा भुकम्पले बिभिन्न स्थानमा क्षति पुर्याएकोले आफु राहत वितरणमा व्यस्त भएको र सम्मान ग्रहण गर्न जान नसकेको उप्रेतीले वताइन् ।
सम्मान समारोहमा सहभागी हुन नसकेपछि आयोजकले कुरियर मार्फत नेपाल पठाएको सम्मानपत्र आफ्नै पुर्नस्थापना गृहको बिशेष वालवालिकाको हातवाट ग्रहण गरेकी हुन् ।
जसका लागी काम गरे उनीहरुकै हातवाट अन्तराष्ट्रिय स्तरको सम्मानपत्र ग्रहण गर्न पाएकोमा आफुलाई धेरै खुसी लागेको उनले वताईन् ।
को हुन् सविता ?
दोलखाको ग्रामिण भेगमा जन्मिएकी सबिता उप्रेती काठमाडौंको पुरानो सिनामंगल पेप्सीकोलामा खोलिएको विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रकी संचालिका हुन् । अटिजम अर्थात जन्मजात नै हुने शारीरिक तथा मानसिक तवरले सन्तुलन गुमाउन पुगेका बालबालिका जस्को मस्तिष्क अरू नर्मल व्यक्ति को भन्दा सुस्त हुने अनि उनीहरूको क्रियाकलाप असाधारण या असुहाउंदो हुने गर्दछ