तस्बिर सार्बजनिक नायिका गरिमा पन्तको विवाहको (तस्बिर सहित )
नेपाली चलचित्र कि सफल नायिका गरिमा पन्तले बिबाह गरेको खबर बजारमा एकाएक सुन्न आएको छ । गोप्यरुपमा सार्बजानिक भएको तस्बिरमार्फत नायिका गरिमा पन्तले अमेरिका निवासी एक युबक संग बिबाह गरेको तस्बिर सार्बजनिक भएको छ । केहि दिन अघिको बिबाह समारोहामा थुप्रै मान्छेहरुको भिड रहेको थियो । थप कुरा तस्बिरमा
तर सार्बजनिक भएको तस्बिर बास्तबिक जीवनको बिबाहको तस्बिर नभई हाल छायांकनमा रहेको नेपाली कथानक चलचित्र "स्काउट" को एक द्रीस्य भित्रको रहेको बुझिएको छ । अमेरका बाट बिसेष गरेर चलचित्र "स्काउट" मा अभिनय गर्नको लागि भनेर नेपाल आएका नवराज श्रेष्ठ जो चलचित्रका लागि मुख्य कलाकार रहेका छन् उनको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ ।
करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्र "स्काउट" स्काउटको सत्य कथामा आधारित रहेको बनेको बताए नयाक नवराज श्रेष्ठले । अमेरिकाको कोलोराडोबाट नेपाल आई नेपाली चलचित्र मार्फत आफ्नो पहिचान बनाउन कसिएका एक नायक जो नेपाली चलचित्रमा केही गर्ने सोच र सानै देखीको कला प्रतिको लगाव अनि खस्किदो नेपाली चलचित्रको बजारलाई अन्तरास्ट्रिय स्तर सम्म पुराउने ध्ययका साथ दिन रात सुटिङमा बेस्त भएको बताउने उनै नायक नवराज श्रेष्ठको डेभ्यु चलचित्र भने "गूड्लक" हो । आफ्नो डेभ्यु चलचित्र "गूडलक" लाई नेपाली चलचित्रको इतिहास मै अमेरिकामा रेड कर्पेटमा प्रिमियर गराएको सम्झदै अमेरिकी बजारमा नेपाली चलचित्रलाई राम्रो स्थान दिलाउन सकिने सम्भावना देखेरै अनि निर्माता,निर्देशकको विशेष अनुरोधमा "स्काउट"मा काम गर्न अमेरिकाबाट नेपाल आएको बताए नव नायक श्रेष्ठले ।
यस चलचित्रमा मुख्य कलाकारहरू नवराज श्रेष्ठ, गरिमा पन्त, सञ्जय श्रेष्ठ, रक्षा श्रेष्ठ, हेमन्त बुढाथोकी, कुशल थापा, राजन सेढाई, सुधा राउत लगायतको अभिनय रहेको छ । गोविन्द गौतमको कथा पटकाथ र निर्देशनमा सङ्गीत वसन्त सापकोटा र विकास चौधरीले भरेका छन् भने दोन्द् निर्देशन गरेको छन् रोशन श्रेष्ठले । चलचित्रका लाई गणेश श्रेष्ठले क्यामेरामा कैद गरेका छन् .। चलचित्रलाई केदार पराजुली र इस्वोर ले निर्माण गरेका हुन् .
नायक नवराज श्रेष्ठ अमेरिकाको लागि एन आर एन एन सी सी यु एस ए संचालन समितिमा पनि उठ्ने सोचमा रहेका छन् ।


