विदेशमा शरणार्थी बनेका नेपालीलाई ‘पासपोर्ट’ प्रतिबन्ध
अवैध तरीकाले अमेरिका लगायत विश्वका विभिन्न राष्ट्रमा प्रवेश गरी शरणर्थीको हैसियत प्राप्त गरेका तथा शरणार्थीको हैसियत खोजिरहेका नेपालीलाई सरकारले राहदानीलगायत सेवा उपलब्ध नगराउने भएको छ । परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी नीतिगत निर्णय गर्न सरोकारवाला निकाय, गृह मन्त्रालय र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयसँग राय लिन थालेको छ ।‘अहिले नेपाली नागरिकले देश भित्रै बस्न नसक्ने अवस्था छैन । देशकै बेइज्यत गरेर शरणार्थीको हैसियत खोज्नेलाई राहदानी लगायतका सेवा उपलब्ध गराउनु हुँदैन भन्ने परराष्ट्रको धारणा हो । यही धारणालाई नीतिगत निर्णय गरी कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायसँग अहिले हामि राय लिइरहेका छौं ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले बताए ।