विजया दशमीको तेस्रो दिन आज पनि दसैँको टीका जमरा थाप्ने क्रम जारी ....
१९ असोज, काठमाडौं । विजया दशमीको तेस्रो दिन आज पनि दसैँको टीका जमरा थाप्ने क्रम जारी रहेको छ । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले आज बिहानैदेखि आफन्त तथा मान्यजनका हातबाट टीका जमरा थापिरहेका छन् ।
नवदुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा समृद्धि बढ्ने जनविश्वास रहेको छ ।
असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने विजयादशमीलाई हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।
मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा भने दशमीको दिनमा मात्रै टीका थाप्ने प्रचलन रहेको छ । राजधानीलगायतका अन्य स्थानमा भने कोजाग्रत पूणिर्माको दिनसम्म टीका जमरा थाप्ने क्रम जारी रहने छ ।