कोरियामा भागेका दुई खेलाडी नेपाल फिर्ता....


१७ असोज, काठमाडौं । १७ औं एसियाली खेलकुद प्रतियोगिताको इन्चोनको भिलेजबाट फरार भएका दुई खेलाडी नेपाल फर्किएका छन् । उनीहरुलाई नेपालका सेफ दि मिसन छिमि उर्गेन गुरुङले नेपाल फिर्ता गरिदिएका हुन् ।
दक्षिण कोरियाको इन्चोनमा जारी रहेको १७ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी दुई सफ्ट टेनिस खेलाडी भिलेजबाट हराएको दुई दिनपछि पुन भिलेजमा र्फकेका थिए । उनीहरु बिहीबार पुनः भिलेनमा आएका थिए । उज्वल स्थापित र शक्ति शर्मा दुई दिन हराएका थिए ।
उनीहरुले भिलेज र्फकेपछि टिम म्यानेजर अर्जुनकुमार मैनालीलाई उल्टै गैरजिम्मेवारीपुर्ण व्यवहार गरेको गुरुङले बताए । टिम म्यानेजरले भिलेजबाट दुई दिन हराउनुको कारण सोध्दा उनीहरुले सवालजवाफ गरेपछि नेपाली टोलीका सेफ दि मिसन छिमि उर्गेन गुरुङले उनीहरुलाई शुक्रबार नै ड्राएगन एयरमार्फत नेपाल फिर्ता पठाइदिएका थिए ।
उनीहरुलाई नेपाल फिर्ता पठाएपछि गुरुङले भने-‘उनीहरुको व्यवहारले पुनः भाग्न सक्ने देखिएपछि हामीले तत्काल उनीहरुलाई फिर्ता पठाएका हौं ।’ उनले भागेका खेलाडीलाई सम्झाएर नेपाल फर्काउन प्रयास गरिरहेको बताए । भिलेजबाट फरार सेपाकताक्रोका एक र उसुका दुई खेलाडीको समेत खोजी कार्य जारी रहेको बताए ।






प्रतिक्रिया दिनुहोस्...