भारत पाकिस्तान सीमामा दङ्गा जारी: पन्द्रको मृत्यु, २० घाइते
भारत र पाकिस्तानका बीचमा विगतका केही दिनदेखि द्विपक्षीय रुपमा नै गोली हानाहान जारी रहेको छ । सो गोली प्रहार बुधबार बिहानसम्म जारी रहेको अधिकारीहरुले जनाएका छन् । भारत अधिनस्थ काश्मिरमा मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म पाकिस्तानी सुरक्षाबलले गोली प्रहार गरेको छ । भारतीय पक्षले जनाएअनुसार पाकिस्तानी पक्षले प्रहार गरेको गोलीबाट १५ जना भारतीय व्यक्ति घाइते भएको जनाइएको छ । ती व्यक्ति सीमा रक्षक नभएर सर्वसाधारण भएको बताइएको छ । काश्मिरको सीमा क्षेत्रमा जारी तनावको कारण गत मङ्गलबार १५ पाकिस्तानी नागरिकको मृत्यु भईसकेको पाकिस्तानले जनाएको थियो तर सो समाचारको भारतले खण्डन गरेको छ । सो आक्रमण आफ्नो पक्षबाट नभई पाकिस्तानले नै गरेको दाबी भारतले गरेको छ । पाकिस्तान र भारत सीमा क्षेत्रमा दुई देशका सीमा रक्षक सुरक्षाकर्मीबीच भएको दोहारो गोली हानाहानमा परी गतहप्ता मात्र कम्तीमा पनि १५ जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानले जानकारी दिएको हो । तर यी दुवै पक्षले भने ती व्यक्तिको मृत्यु हुनुमा एक आपसमा दोषारोपण गरिरहेका छन् । एक देशको सीमा सुरक्षकले अर्काेमाथि हमला गरेको उनीहरुले बताएका छन् । मङ्गलाबर रातिभने पुनः पाकिस्तानी सैनिकले काश्मिर सीमा रेखामा आक्रमण सुरु गरेको हो । पाकिस्तानी बलले बुधबार बिहानसम्म गरेको आक्रमणमा २० जना भारतीय घाइते भएको जनाइएको छ । यसैबीच भारतीय सैनिकले मङ्गलबार पाकिस्तानतर्फबाट आएका आतङ्ककारीलाई गरेको कारबाहीको क्रममा १८ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ । यसै महिनाको सुरुदेखि काश्मिरी सीमा रेखामा दुईदेशबीच उच्च मात्रामा तनाव बढेको छ । उता पञ्जाव प्रान्तको सिलकोट सीमाक्षेत्रमा कार्यरत सैनिकबीच गोली हानाहान हँुदा केहीको मृत्यु हुनुको साथै घाइते भएका पाकिस्तानी सरकारले जनाएको छ ।