जापानमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको शव अझै भेट्टीदै, मृत्यु हुनेको संख्या ५४ पुग्यो


नेपाल जापान डट कम सम्बाददाता-
जापानमा डेड हप्ता अगाडी भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ । जापानमा उद्धारकर्मीहरूले बुधवार तीन हजार ६७ मिटर अग्लो हिमाल माउन्ट ओनटाकेमा भएको ज्वालामुखी विस्फोटमा परि मृत्यु भएका अन्य ३ को शव फेला पारेपछि मृत्यु हुनेको संख्या ५४ पुगेको हो |
volcano1
गत आइतवार जापानमा आएको शक्तिशाली टाईफुनका कारण दुई दिन उद्धारकार्य रोकिएपछि पुन: थालिएको खोजिकार्यमा उद्धारकर्मीहरूले यी तीन शव फेला परेका हुन् | त्यस्तै, खोजी तथा उद्धार कार्यमा सैनिक, प्रहरी तथा अग्निनियन्त्रक गरी करिब एक हजार व्यक्ति संलग्न भएको बताइएको छ ।
उक्त चुचुरो नजिकै फेला परेका शवमा मृत्युको कारण त्यहाँबाट निस्किएको ग्यास रहेको स्थानीय मिडियाहरुले जनाएका छन् | उक्त ग्यासको गन्ध र शरीरमा सो ग्यास प्रवेश गरेपछि हृदयाघात भएको देखिएको छ । पर्यटकीय क्षेत्र रहेको यस पहाडमा ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्र वरपरका करिब आठ इन्चसम्म खरानी जम्मा भएको देखिएको थियो ।






प्रतिक्रिया दिनुहोस्...