कन्डक्टर र खलासीले बसबाट लडाइदिए
भक्तपुर, मंसिर १५ - सृमना देउजा कात्तिक २९ मा भक्तपुरको जगातीबाट नलिञ्चोक जान बनेपा धुलिखेलको बस चढिन् । बसबाट झर्ने बेलामा उनले बसको कन्डक्टरलाई पाँच रुपैंया बस भाडा दिइन् । कन्टरक्टरले सात रुपैंया हो भाडा भन्दै कराउन थालेपछि आफूसँग भएको पाँच सयको नोट झिकेर दिइन् ।
तर, कन्टक्टरले खुद्रा किन नदिएको भनेर बस भित्रै घाँटी थिचेर लडाइदियो । लडेकै ठाउँमा खलासीले खुट्टाले हिर्काउँदै सडकमा पछारिदिए । सडकमा पच्छारिएकी सृमनाको पैसा फिर्ता नै नगरी बसले छोडेर गयो । 'उठ्न नसकेर सडकमै रोइरहेँ, अरु नै मान्छेले उठाइदिए',सृमनाले भनिन्,'हात दुखेको दुख्यै भयो, अस्पतालमा चेक गर्दा भाँचिएको रहेछ ।' 'नानाथरी मुख छाडेर घाँटी अठ्यायो र बसमै लडाइदियो',उनले रुँदै भनिन् ।
जेष्ठ नागरिक संघर्ष समिति बानेश्वरले आइतबार सृमनाको उपचार र क्षतिपूर्तिको व्यवस्था गरिदिनु पर्ने दबाब स्वरुप भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरलाई घटनाको जानकारी दिएका छन् । ज्यामी काम गरेर गुजारा चलाउने २३ वषिर्या सृमनाको ५ वषिर्य छोरा र पति छन् । पति सुस्त मनस्थितिको भएकाले पैसा समेत नचिन्ने उनले बताइन् । 'ज्यामी काम गरेरै परिवार धानिरहेकी छु',उनले भनिन्,'क्षतिपूर्ति माग्दा समितिले क्षतिपूर्ति होइन, उपचार खर्च दिउँला, हल्ला गर्दै हिड्यो भने त्यही पनि नपाउने धम्की दिएको छ ।'
उनलाई खसालेर हिँडेको बस जगाती प्रहरीले भोलीपल्टै नियन्त्रणमा लिई खलासी र कन्डक्टरलाई हिरासतमा लिएको छ । चालक भने दोषी नदेखिएको भन्दै प्रहरीले छोडेको सृमनाले बताइन् । 'उपचार खर्च चालकले ५ हजार ५ सय दिएको छ',उनले भनिन्,'त्यो खर्च भईसक्यो, तीन महिनामा ठिक नभए डाक्टरले अप्रेसनसमेत गर्नुपर्ने बताएको छ ।' 'हात मात्र भाँचिएको होइन, अहिले एकापट्टकिो कान नसुन्ने र नाकबाट रगत आउने समस्या देखिएको छ', उनले भनिन् ।
'महिला, बालबालिका र जेष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा दुव्र्यवहार खेप्दै कष्ठपूर्ण यात्रा गर्नुपरिरहेको छ',जेष्ठ नागरिक संघर्ष समिति अध्यक्ष महाप्रसाद पराजुलीले भने,'कुनै पनि ठाउँमा सुरक्षित यात्रा गर्न पाएको छैन ।' प्रमुख जिल्ला अधिकारी ठाकुरले भने पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाई दिने आश्वासन दिएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस