हिमालयन बैंकको ५ करोड ठगी फरार अभियुक्त पक्राउ
काठमाडौ, मंसिर १५ - हिमालयन बैंकको एटिम प्रयोग गरी ५ करोड ७५ लाख ६८ हजार रुपैयाँ ठगी फरार हुने अनिशभक्त सुवाल डंगोलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार महानगरी प्रहरी अपराध महाशाखाले डंगोललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
हिमालयन बैंक केन्द्रिय कार्यालयका सहायक प्रबन्ध रहेका उनी करिब दुईवर्ष अघि उक्त रकम ठगी फरार भएका थिए ।
डंगोल काठमाडौं नयाँ वानेश्वर वडा नम्बर ३४ निवासी हुन् । उनलाई आज ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिंदैछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस