केटाहरु केटीको नम्बर माग्न किन हतारिन्छन् ?(भिडियो सहित)


नेपाल जापान डट कम सम्बाददाता-
icha
नयाँ पुस्ताको सोचाइलाई मुख्य बिषय बनाएर तयार भएको चलचित्र ‘इच्छा’को ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ ।

निर्माता हुँदै निर्देशक बनेका मुनाल घिमिरेले यो चलचित्र निर्देशन गरेका छन् ।दाङ, भैरहवा, काठमाण्डौ, धुलिखेल लगायतका स्थानमा छायांकन गरिएको यो चलचित्रले लभ स्टोरीको कथा भन्छ । चलचित्रमा कमेडी पाटोलाई पनि उत्तिकै स्थान दिएको निर्देशक घिमिरे बताए ।
यो चलचित्रमा दयाहाङ राई , सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल लगायतका कलाकारले अभिनय रहेको छ। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य ३ पात्र सुवास, दयाहाङ र दिपशिखालाई महत्व दिइएको छ ।
विवाह करकापले नभई आफ्नै इच्छा अनुसार गर्नुपर्छ भन्ने कथा चलचित्रमा देखाउन खोजिएको बिषयबस्तु हो । चलचित्रलाई नविन श्रेष्ठ, प्रकाश घिमिरे, लक्ष्मण पौडेल र रोम ओलीले मिलेर बनाएका हुन् । यो चलचित्रमा गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, प्रकाश घिमिरेको लेखन छ । चलचित्र माघ २ गतेबाट हलमा लाग्दैछ ।


         भिडियो हेर्न यहाँ तलको बक्समा क्लिक गर्नुहोस 




प्रतिक्रिया दिनुहोस्...